arrow

काँग्रेसका पोखरा नगरसभापतिले दिए राजीनामा, केन्द्रीय सदस्यसम्मलाई लगाए आरोप 

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
bajirman_shrestha.jpg

काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाका नेपाली काँग्रेसका सभापति बजीरमान श्रेष्ठले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा मत परिणाम सार्वजनिक भईरहँदा उक्त परिणामप्रति असन्तुष्टि जनाउँदै पार्टीभित्रैबाट अन्तर्घात भएर नै यस्तो निराशाजनक परिणाम आएको ठहर गर्दै उनले राजीनामा दिएका हुन् । 
 
पोखरा महानगरपालिकामा नेपाली कांग्रेसको निराशाजनक परिणाम आइरहेको अवस्थामा नेपाली कांग्रेसको यो दुखद  परिणामका प्रति आफ्नो पनि जिम्मेबारी रहेको महसुस गर्दै नगर सभापतिको पदबाट राजीनामा दिने निर्णय गरेको उनीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । उनले आफ्नो यो राजीनामा आक्रोशको परिणाम नभइ नेपाली कांग्रेसको सांगठनिक शुद्द्धीकरणका लागि  र नेपाली काँग्रेससँगको  आफ्नो लामो सहयात्रा र सांगठनिक इमान्दारीताको उचाईबाट निस्किएको आवाज भनेर सबैले बुझिदिन अनुरोध पनि गरेका छन् । 

नेपाली कांग्रेसका इमान्दार र कर्मठ सदस्यहरुको सहयोगका बाबजुद पनि नेपाली काँग्रेस कास्कीको यो निराशाजनक परिणामका निम्ति  नेपाली कांग्रेसको तर्फबाट  केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने अधिकांश  केन्द्रीय सदस्य,सांसदहरु, जिल्ला कार्य समिति तथा क्षेत्रीय कार्यसमितिका सभापति र पदाधिकारी, महाधिबेशन प्रतिनिधि र महासमिति सदस्यहरु आ ( आफ्नो जिम्मेबारीबाट  संबेदनशील  हुन नसकेकोले  सांगठनिक र सामाजिक नैतिकताको आधारमा पार्टी बिरुद्धको यो अन्तर्घात, गैर जिम्मेबारीपन र उदासिनताको जिम्मेबारी लिदै नेपाली कांग्रेसलार्इ विनिर्माण, पुन स् संरचना र पुन स् गठन गरी नेपाली काँग्रेसको एतिहासिक उचाइलाई प्राप्त गर्नका लागि मार्ग प्रसस्त गरिदिन समेत उनले सबैलार्इ आग्रह गरेका छन् । 

उनी आफैंपनि महानगरको १३ न‌ं वडाको अध्यक्षमा पराजीत भएका छन् । 

उनीद्वारा जारी गरिएको विज्ञप्ती यस्तो छ । 

Displaying pg-1.png



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ