arrow

विदुर नगरपालिकामा एमाले विजयी

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
nuwakot-bidur.png

नुवाकोट । स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटको विदुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । 

तेह्रवटा वडा रहेको विदुरमा प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा एमालेका उम्मेदवार सञ्जु पण्डित नौ हजार ७१६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार ध्रुव अधिकारीले आठ हजार ७४२ मत ल्याए । 

यस्तै, उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार गीता दाहाल अर्याल नौ हजार १२४ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकाका उम्मेदवार गीता अमात्यले नौ हजार एकसय दुई मत ल्याए । उपप्रमुख पदमा २२ मतको मात्र फरक छ । 

नुवाकोटमा यसअघि नेकाका उम्मेदवार किस्पाङ, तादी, लिखु, दुप्चेश्वर, सूर्यगढी, शिवपुरी र मेघाङमा गाँउपालिका प्रमुखमा विजयी भएका छन् । तार्केश्वर गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए । ककनी गापामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अब नुवाकोटमा पञ्चकन्या गाउँपालिका र बेलकोटगढी नगरपालिकाको मात्र नतिजा आउन बाँकी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ