arrow

नगरपालिकाको प्रमुखमा महिला नेत्री पुन विजयी

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
nawalpari_kawasoti.png

नवलपरासी। नवलपरासीको कावासोती नगरपालिका प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार चन्द्रा पुन विजयी भएकी छन् । यसैगरी उपप्रमुखमा पनि नेकपा (एमाले)कै उम्मेदवार प्रेमशङ्कर मर्दनिया विजयी बने। 

प्रमुखमा विजयी पुनले कुल १३ हजार ४१ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्र पोखरेलले १२ हजार ५९४ मत प्राप्त गरेका थिए । 

त्यसैगरी, उपप्रमुखमा कुल १३ हजार ८१४ मत प्राप्त गरी मर्दनिया विजयी बनेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी खगिसरा गुरुङले ११ हजार ६९३ मत प्राप्त गरेका थिए । 

नवलपरासीमा प्रथम चरणमा निर्वाचन भएका आठवटा स्थानीय तहमध्ये आठवटै स्थानीय तहमा मतगणना सकिएको छ, जसअनुसार नगरपालिकातर्फ देवचुली र मध्यबिन्दु र गाउँपालिकातर्फ बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा नेका विजयी बनेको छ भने गैँडाकोट र कावासोती नगरपालिकामा नेकपा (एमाले) विजयी बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ