arrow

मकवानपुरको मनहरीमा एमाले विजयी

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
makwanpur-manhari.png

हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । एमालेका एकराज उप्रेतीले चार हजार ६४० मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शङ्कर न्यौपानेले चार हजार ३४९ मत प्राप्त गरेका थिए । 

उपाध्यक्षमा एमालेकी मनिला विष्टले चार हजार ६२१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कमला कार्कीले चार हजार १९७ मत प्राप्त गरेकी थिइन् । 

कुल १३ हजार ९७० मत खसेको मनहरीमा चार वडामा एमाले र दुई÷दुई वडामा नेकपा (माओवादी केन्द्र) र काँग्रेसले विजय प्राप्त गरेका छन् । 

वडा नम्बर– ९ मा भने स्वतन्त्र उम्मेदवार साधुराम अधिकारी विजयी हुनुभएको छ । १० वटा स्थानीय तहमध्ये नौ वटाको मतगणना सकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ