arrow

निर्वाचनलाई प्रभाव पार्ने गरी बजेट नल्याउन अर्थविद्को सुझाव

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
budget.jpg.jpeg

काठमाडौँ । अर्थविद्हरुले दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने गरी बजेट नल्याउन सरकारलाई सुझाव दिएका छन् । 

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दीपेन्द्रबहादुर क्षेत्रीले संविधानले दिएको अधिकारलाई प्रयोग गरेर तोकिएकै समयमा कामचलाउ बजेट ल्याउनुपर्ने बताए । 

क्षेत्रीले भने – “कर्मचारीको तलब खर्च र विगतमा चल्दै आएका परियोजनाको बजेट ल्याउँदा केही फरक पर्दैन,” । डा क्षेत्रीले बजेट ल्याउँदा सबैलाई समेट्नु जरुरी रहेको बताए । 

अर्थविद् डा शङ्कर शर्माले स्थानीय तहलाई बढी अधिकार दिने गरी बजेट ल्याउनुपर्ने बताए । संविधानले दिएको अधिकारमध्ये कुन शीर्षकमा कति रकम दिने भन्नेबारे सरकार अहिले अन्योलमा रहेको उनको भनाइ थियो । डा शर्माले देशले २४ वर्षमा नभएको आर्थिक वृद्धिदर हासिल गरेको बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 

अर्थविद् डा डिल्लीराज खनालले निश्चित क्षेत्रको आवश्यकतालाई हेरेर बजेट निर्माण गर्नुपर्ने बताए । “कुल बजेटको आधा स्थानीय क्षेत्रमा जाने गरी बजेट निर्माण गर्नुपर्छ,” उनले भने। डा खनालले स्थानीय तहलाई अधिकार दिएर बजेट ल्याए मात्र देशको विकास हुने स्पष्ट पारे। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ