arrow

दोलखाको मेलुङ र कालीकोटको नरहरीनाथमा ७ गते चुनाव

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
Election_-Box.jpeg

काठमाडौ । वैशाख ३१ गते  स्थगित भएका केही स्थानको निर्वाचन वैशाख ७ गते हुने भएको छ।  कालीकोटको नरहरीनाथ र दोलखाको मेलुङ स्थगित भएको निर्वाचन वैशाख ७ गते गराउने तयारी भएको निर्वाचन अधिकारीले जानकारी दिए।

वैशाख ३१ गते ३, ४ र ६ प्रदेशका २ सय ८१ स्थानिय तह एक साथ निर्वाचन भएको थियो । कालीकोटको नरहरीनाथ र दोलखाको मेलुङमा स्थानीयतहको चुनाव हुन सकेन ।

दोलखाको मेलुङमा मतदान भइरहेकै समयमा बुथ कब्जाको प्रयास भएपछि प्रहरीले बल प्रयोग गर्दा एक जनाको मृत्यु भएपछि भइरहेकै मतदान स्थगित भएको थियो । कालीकोटमा समेत आकस्मिक घटनाक्रमकै कारण स्थगित भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ