arrow

राप्रपा र नयाँशक्तिलाई ३ नं प्रदेशबासीले दिए एउटा झिनो अवसर !

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
RPP_nayashakti.JPG

काठमाडौं । व्यवस्थापिका संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादीबाट फुटेर गएका बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले स्थानीय तहको निर्वाचनमा एकएक वटा स्थानीय तहमा विजय हाँसिल गरेका छन् । पहिलो चरणमा भएको कूल २ सय ८३ स्थानीय तहको निर्वाचन मध्ये कूल २ सय ४२ स्थानको नतिजा आउँदासम्म यी दुई पार्टीहरुले एकएक ठाउँमा मात्रै विजय हाँसिल गरेका हुन् । 

यसरी कमल थापा नेतृत्वको राप्रपा र बाबुराम भट्टराईको नयाँशक्तिले जितेका एकएक ठाउँ भने संयोगले ३ नं प्रदेश भित्रै परेका छन् । अहिलेसम्म प्राप्त परिणाम अनुसार ३ नं प्रदेशमा अवस्थित रसुवा र धादिङमा यी दुई दलले विजय हाँसिल गरेका हुन् । 

अहिलेसम्म ३ नं प्रदेशमा सार्वजनिक भईसकेको कूल मत परिणामहरु मध्ये एमालेले सबैभन्दा बढी स्थानमा विजय हाँसिल गरेको छ । एमालेले अहिलेसम्म ४३ स्थानीय तहमा विजय हाँसिल गरेको छ । त्यस्तै, नेपाली काँग्रेसले कूल ३१ र नेकपा माओवादी केन्द्रले जम्मा १५ स्थानमा विजय हाँसिल गरेको छ । 

एमालेको मेयरमा अहिलेसम्म १३ जना गाउँपालिका अध्यक्षमा ३० जना गरी कूल ४३ जना प्रदेश नं ३ बाट विजयी भएका छन् भने कांग्रेसका मेयरमा ६ जना, अध्यक्षमा २५ जना गरी ३ नं प्रदेशमा कूल ३१ जनाले विजय हाँसिल गरेका छन् । त्यस्तै, माओवादी केन्द्रबाट मेयरमा ३ जना, गाउँपालिकाको अध्यक्षमा १२ गरी कूल १५ जनाले विजय हाँसिल गरेका छन् । राप्रपा र नयाँशक्तिले एकएक वटा गाउँपालिकामा आफ्नो प्रतिनिधित्व देखाएको छ । 

यसरी प्राप्त मत परिणामको आधारमा भन्दा कूल ३ नं प्रदेशको स्थानीय तहको अहिलेसम्म प्राप्त विवरणको आधारमा एमालेकोे ४७ प्रतिशत स्थानमा विजय हाँसिल
भएको छ । त्यस्तै, काँग्रेसको ३४ र माओवादी केन्द्रको अहिलेसम्म ३ नं प्रदेशमा १६ स्थानमा विजय हाँसिल भएको छ । 

यसरी हेर्दा एकएक सिट ल्याएको चौथो शक्ति राप्रपा र नयाँ शक्तिलाई भने पहिलो संविधान सभाको निर्वाचनमा सान्त्वना सिट आएको छ । उनीहरुको यो संख्या ३ नं प्रदेशमा मात्रै आएको छ र स्थानीय तहको प्रमुखमा अहिलेसम्म यो उनीहरुको प्रतिनिधिमूलक सिट पनि हो । जुन जीतलार्इ स्थानीय तहमा यी दुर्इ पार्टीले विजयाेल्लास मनाउने झिनाे अवसरकाे रुपमा पनि विश्लेषण गर्न थालिएको छ । यसले उनीहरु पनि स्थानीय तह निर्वाचनमा कुनै न कुनै स्थानीय तहमा प्रतिनिधित्व गर्छन् भन्ने बुझाउनको लागि भने यसले सहयोग पुर्याएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ