arrow

सरकार पहिलोपल्ट ल्यायो राष्ट्रिय खनिज नीति, केके छन् विशेषता ?

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
ministryofindustry.jpg

काठमाडौं । सरकारले पहिलो पल्ट नेपालमा राष्ट्रिय दनिज नीति ल्याएको छ । उद्योग मन्त्रालयले भौगर्भिक अध्ययन अनुसन्धान एवं खनिज अन्वेषण तथा विकास कार्यहरुको हालसम्मका प्रयासहरु, खनिज कार्यको वर्तमान अवस्था, मूख्य समस्याहरु र चुनौतीहरुको विषयमा अध्ययनगरी विद्यमान समस्याको समेत समाधान खोज्नेगरी यस्तो नीति ल्याईएको उद्योग मन्त्रीका प्रेस सल्लाहकार प्रदीप चापागाईले जानकारी दिए । 

विगतमा नेपालमा खनिज सम्पदाको विकास नहुनुमा समय सान्दर्भिक नीति, ऐन, नियम तयार नहुनु, यथेष्ट लगानी नहुनु र निजी क्षेत्रलाई आकर्षित गर्न नसकिनु, दक्ष जनशक्तिको अभाव र नयाँ प्रविधिको समुचित उपयोग नहुनु पनि समस्याको रुपमा देखिएको अवस्थामा अहिले सरकारले त्यस्ता समस्याको समाधान गर्नेगरी यस्तो नीति ल्याएको हो । 

सरकारले ल्याएको राष्ट्रिय खनिज नीति २०७४ को मूख्य विशेषताहरु यस्ता छन् 
क) वर्तमान भौगर्भिक अध्ययन अनुसन्धान एवं खनिज अन्वेषण तथा विकास कार्यहरुको हालसम्मका प्रयासहरु, खनिज कार्यको वर्तमान अवस्था, मूख्य समस्याहरु, चुनौतीहरु र नीतिको औचित्यतालाई राष्ट्रिय खनिज नीति, २०७४ को प्रारम्भिक परिच्छेदमा समावेश गरिएको ।

ख) राष्ट्रको आर्थिक विकासमा खनिज क्षेत्रको महत्वपूर्ण योगदान र भूमिकालाई सार्थक रुपमा स्थापित गर्दै प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि र समृद्ध मुलुक निर्माण गर्नको लागि राष्ट्रिय खनिज नीति, २०७४ तर्जुमा गरिएको ।

ग) विगतमा नेपालमा खनिज सम्पदाको विकास नहुनुमा समय सान्दर्भिक नीति, ऐन, नियम तयार नहुनु, यथेष्ट लगानी नहुनु र निजी क्षेत्रलाई आकर्षित गर्न नसकिनु, दक्ष जनशक्तिको अभाव र नयाँ प्रविधिको समुचित उपयोग नहुनु पनि समस्याको रुपमा देखिएको । 

घ) खनिजको अन्वेषण, विकास र उत्पादन कार्यलाई अगाडि बढाउन आगामी दिनमा यसलाई राष्ट्रिय प्राथमिकतामा राख्नु, यसमा स्वदेशी तथा विदेशी लगानी आकर्षण गर्नु, विभिन्न क्षेत्रगत नीतिमा एकरुपता र समन्वय ल्याउनु र यसमा नेपाल सरकारको लगानीलाई उच्च तुल्याउनु समेत चुनौतिका रुपमा रहेका ।

ङ) खनिज सम्पदाको वैज्ञानिक र अधिकतम उपयोग मार्पmत दोहारो अङ्क सहितको समतामूलक आर्थिक वृद्धि कायम गर्दै अति कम विकसित राष्ट्रबाट विश्वको मध्यम आय भएको राष्ट्रमा स्तरोन्नति गर्ने गरी मुलुकले आत्मसात् गरेको सङ्कल्पलाई मूर्तरुप प्रदान गर्न समेत राष्ट्रिय खनिज नीति, २०७४ को तर्जुमा र कार्यान्वयन अपरिहार्य हुन गएको ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ