arrow

काठमाडौं महानगर: मेयरमा एमाले र उपमेयरमा कांग्रेसको स्पष्ट अग्रता

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
Congress-UML_Election.jpg

काठमाडौं। स्थानिय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयर पदमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले स्पष्ट अग्रता लिएका छन्। उनले ११ बजेसम्मको मतगणनामा शाक्य १२हजार ५६० मतका साथ अग्रस्थानमा रहेका छन्। 

उनले नेपाली काँग्रेसका राजुराज जोशीसँग ३ हजार७८८ मतको भिन्नताका साथ अग्रता लिएका हुन। जोशी ८हजार ६६२ मतका साथ दोस्रो स्थानमा रहेका छन्। 

त्यसैगरि तेस्रो स्थानमा विवेकशील नेपाली दलकी उम्मेद्वार रन्जु दर्शना ५हजार ५४ मतका साथ तेस्रो स्थानमा रहेकी छिन्। चौथो स्थानमा साझा पार्टीका किशोर थापाले  ३हजार ८२३ मत पाइका छन्। 

उता उपमेयरमा भने नेपाली कांग्रेसकी हरिप्रभा खड्गी ११,५१० मतका साथ अग्रस्थानमा छिन्। उनले राप्रपाका राजाराम श्रेष्ठलाई ४ हजार ७९४ मतले पछि पारेकी छिन्। श्रेष्ठले ६ हजार ७१६ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा साझा पार्टीकी उम्मेद्वार निरुपमा यादवले २हजार ४४३ मत प्राप्त गरेकीछिन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ