arrow

भरतपुर महानगरपालिकाको मतगणना अनिश्चित; कांग्रेस, माओवादी र राप्रपा बाहिरिए

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
bharatpur-mahanagarpalika-metro-uml1.png

चितवन । भरतपुर महानगरको मतगणनामा बारम्बार किचलो भइरहेको छ ।  मतगणना स्थल छाडेका कांग्रेस, माओवादी र राप्रपाका प्रतिनीधि मतगणना स्थलमा फर्केका छैनन्। उनीहरु नफर्केपछि मतगणना अनिश्चित भएको छ। सदर र बदर मतको संख्या लुकाईएको आरोप कांग्रेस-माओवादी र राप्रपाको रहेको छ।  

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको अपारदर्शी ब्यवहार देखाएको आरोप नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपाले लगाउँदै मतगणना स्थलबाट बाहिरिएका थिए। 

कांग्रेस-माओवादीले अधिकृतको अपारदर्शी ब्यवहारको आरोप लगाएका छन् भने एमालेले कसैले मतगणना स्थल छाड्दैमा मतगणना रोक्न नहुने दलिल पेश गरेको छ। 

काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले बदर मतको संख्या बारे सुचना नदिएकोले आफुलाई शंका लागेको बताएका छन्। यसअघि पनि वडामा पहिले एउटालाई बिजयी भनेर पछि अर्कोलाई बिजयी बनाईएकोले पनि अझ बढी शंका गर्ने ठाउँ रहेको उनले बताए। 

यसअघि ९ नम्बरमा मेयरले पाएको मत संख्या तलमाथि भएको भन्दै विवाद सिर्जना भएको बताइएको छ । ९ नम्बर वडामा आफुले नै जित्ने भएपनि एमालेले बखेडा झिकेको बताइएको छ । यसअघि कम्युटरमा मत संख्या ट्याली गर्नेले रेणु दाहालको मत जोड्न छुटाएको भन्दै किचलो भएको थियो ।

माओवादी जिल्ला ईन्चार्ज ईश्वरी भट्टराईले भने, ‘कम्युटरमा संख्या जोड्नेले छुटाएपछि शंका लाग्यो हामीले जिल्ला निर्वाचन अधिकारी श्रीमान्लाई भनेपछि पछि केही सुधार भो । कम्युटरवालालाई नै फेरौँ भन्ने आवाज पनि उठेको थियो ।’ फेरि पनि त्यस्तै केही विवाद भयो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ