arrow

धादिङको  नीलकण्ठ नगरपालिकामा काँग्रेसका मेयर, माओवादीका उपमेयर

logo
प्रकाशित २०७४ जेठ ६ शनिबार
dhading_district_map.png

धादिङ । नीलकण्ठ नगरपालिका, धादिङमा काँग्रेस र माओवादीको गठवन्धन विजयी भएको छ। यो नगरपालिकामा कांग्रेस–माओवादी तालमेल गरेर निर्वाचनमा होमिएका थिए। 

नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीमप्रसाद ढुंगाना आफ्ना प्रतिद्वन्द्वी एमालेका अर्जुनकुमार श्रेष्ठ भन्दा झण्डै दोब्बर मत ल्याएर निर्वाचित भएका हुन्। 

विजयी ढुंगानाले १३ हजार १ सय ६६ मत ल्याएका छन् भने श्रेष्ले ६ हजार ६ सय ९० मत पाएका छन्। काँग्रेसले अहिलेसम्मको प्राप्त परिणामममा पहिलो जिल्ला सदरमुकामममा रहेको नगरपालिका पनि धार्दिङमै जीतेको छ। 

उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार मनराज भण्डारीले १० हजार ३ सय २३ मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गंगादेवी श्रेष्ठले ७ हजार ४ सय ४४ मत पाएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ