arrow

दोस्रो चरणको निर्वाचनमा ४४ निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था

logo
प्रकाशित २०७४ जेठ ६ शनिबार
matpatra_namuna.jpg

धनगढी । यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ७ नं प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका लागि ४४ चुनाव चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ । 

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालले कैलाली जिल्लाका हकमा उक्त मतपत्रमा मान्यताप्राप्त राजनीतिक दलका उम्मेदवारका लागि १९ चुनाव चिह्न र स्वतन्त्र उम्मेदवारका बाँकी २५ चिह्नको व्यवस्था गरिएको बताए । 

सात नं प्रदेशकै बाजुरा र डोटी जिल्लाका लागि तयार पारिएको मतपत्र सबैभन्दा सानो आकारको छ जसमा १८ चुनाव चिह्न रहेको जनाइएको छ । 

कार्यालयका प्रमुख आर्यालले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न समयको अभाव भएको, चुनावमा सहभागी दलले केवल मत मात्रै माग्ने तर मतदान गर्ने तरिका नसिकाउने र मतपत्रको आकार पनि ठूलो भएको जस्ता कारणले पहिलो चरणको निर्वाचनमा अपेक्षाभन्दा बढी मत बदर भएको हुनसक्ने बताए । 

मतदाता शिक्षाका लागि शुक्रबारदेखि कैलालीमा पुनः चार सय ९० स्वयम्सेवी परिचालन गरिएको छ । 

सात नं प्रदेशमा तराईका कैलाली र कञ्चनपुर तथा पहाडी क्षेत्रका डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्ला पर्छन् । 

एक उपमहानगरपालिका ९धनगढी०, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ८८ स्थानीय तह रहेको ७ नं प्रदेशमा मतदाता सङ्ख्या १३ लाख तीन हजार चार सय १४ छ । 

कैलाली जिल्लामा सबैभन्दा बढी १३ स्थानीय तह छन् । यस्तै बझाङमा १२, अछाम र बैतडीमा १०÷१०, डोटी, बाजुरा, कञ्चनपुर र दार्चुलामा ९÷९ र डडेल्धुरामा सात स्थानीय तह छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ