arrow

मुम्बई आइपीएल क्रिकेटको फाइनलमा

logo
प्रकाशित २०७४ जेठ ६ शनिबार
mumbai-kol.jpg

बैंगलोर । मुम्बई इन्डियन्स भारतमा भइरहेको आइपीएल टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

दोस्रो क्वालिफाइङ खेलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेर मुम्बईले फाइनलमा ठाउँ बनाएको हो । 

पहिलो क्वालिफायरमा राइजिंग पुने सुपरजाइन्टसंग पराजित भएको मुम्बईले दोस्रोमा भने राम्रो खेल्यो । 

पहिले ब्याटिंग गरेको कोलकाताले १८.५ ओभरमा अलआउट हुँदै १०७ रन बनायो । 

सूर्यकुमार यादवले ३१ रन बनाए । कोलकातालाई सस्तैमा ध्वस्त पार्ने क्रममा कर्ण शर्माले ४ तथा जसप्रित बुमराहले ३ विकेट लिए । 

जवाफमा मुम्बईले हार्दिक पाण्डेयाको ३० बलमा नटआउट ४५ बनाए । कर्ण म्यान अफ द म्याच भए ।
फाइनल खेल आइतबार पुने र मुम्बईबीच भिडन्त हुनेछ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ