arrow

सूर्यविनायक ८ मा एमालेको समूहनै विजयी

logo
प्रकाशित २०७४ जेठ ६ शनिबार
suryabinayak_uml.jpg

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा नेकपा (एमाले)को वडा अध्यक्षसहित समूह नै विजयी भएको छ ।  वडा अध्यक्षमा किरण थापाले एक हजार ५४८ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी विनोद भट्टराईले ६९१ मत प्राप्त गरेका थिए । 

त्यसैगरी महिला सदस्य तारा बस्नेत, दलित महिला सदस्यमा शान्ता विक, सदस्यमा अजय तामाङ र धर्मराज बस्नेत विजयी भएका छन् । 

सूर्यविनायक नगरपालिकामा शनिबार  १ बजेसम्म प्रमुखमा एमालेका वासु थापाले नौ हजार ३८१ र उपप्रमुखमा एमालेकै जुना बस्नेतले १० हजार ३३४ मतले अग्रता लिएका छन् । 

प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेसका क्रमशः विष्णुराज कार्कीले नौ हजार १०० र कल्पना राजथलाले सात हजार ८१२ मत प्राप्त गरेका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ