arrow

माओवादी अर्धशतक नपुर्‍याउँदै 'अल आउट' ! 

logo
प्रकाशित २०७४ जेठ ६ शनिबार
Sad-prachanda.jpeg

काठमाडौं । स्थानीय तहको निर्वाचनमा प्रमुख दुई दल नेपाली काँग्रेस र एमालेले सय भन्दा बढी स्थानीय तहमा विजय हाँसिल गरिसक्दा तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले भने अर्धशतक अर्थात् ५० स्थानमा पनि विजय हाँसिल गर्न नसक्ने देखिएको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार माओवादी अहिलेसम्म जम्मा ४६ स्थानमा मात्रै विजयी भएको छ भने जम्मा एक ठाउँमा अग्रता कायम रहेको छ । कूल २ सय ६० स्थानको मत परिणाम आईसक्दा माओवादीको यो स्थान आएको हो । 

अब मत गणना गर्न बाँकी रहेका स्थानीय तहहरुमा माओवादीको मतान्तर धेरै लामो रहेको र स्वभाविक रुपमा हेर्दा माओवादीले जित्ने सम्भावना ज्यादै कम रहेकोले आकलन छ । त्यसैले पहिलो चरणको निर्वाचनमा माओवादीले अर्धशतक पुरा नगर्दै अल आउट हुने देखिएको हो । यद्यपि रुकुम लगायतका केहि जिल्लामा भने माओवादीले सम्मानजनक जीत हात पारेको छ । रुकुमका त सबै स्थानीय तहमा माओवादीले विजय हासिल गरेको छ । जुन उर्जामन्त्री जनार्दन शर्माको निर्वाचन क्षेत्र रहेको जिल्ला हो ।   

पहिलो चरणमा भएको ३४ जिल्लाका कूल २ सय ८३ स्थानीय तहमध्ये २५९  स्थानीय तहमा निर्वाचन मत परिणाम आईसक्दा नेपाली काँग्रेसले एक सय स्थानमा विजय हाँसिल गरिसक्दा एमालेले कूल १ सय ६ ठाउँमा विजय हाँसिल गरेको छ । तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले भने ४६ स्थानमा विजय हाँसिल गरिसकेको छ । 

हामीलाई प्राप्त पछिल्लो अपडेट अनुसार नेकपा एमालेले अहिलेसम्म सबैभन्दा धेरै स्थानीय तहमा विजय हाँसिल गरेको छ । जसमध्ये उसले प्रदेश नं ६ मा ९ नगरपालिका र १२ गाउँपालिका सहित कूल २१ स्थानीय तहमा विजय हाँसिल गरेको छ भने उसको पछि पछि रहेको नेपाली काँग्रेसले ७ नगरपालिका र १३ गाउँपालिका सहित कूल २० स्थानीय तहमा विजय हाँसिल गरेको छ । ६ नं प्रदेशमा माओवादीको १६ ठाउँमा विजय हाँसिल भएको छ । यहाँ दुई जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् । 

त्यस्तै, प्रदेश नं ४मा  एमाले ९ नगरपालिका र २२ गाउँपालिका सहित ३१ स्थानीय तहमा, काँग्रेस १३ नगरपालिका र २५ गाउँपालिका सहित ३८ स्थानमा माओवादी ५ गाउँपालिका, स्वतन्त्र १ गाउँपालिका र राष्ट्यि जनमोर्चाका उम्मेदवार एउटा गाउँपालिकामा विजयी भएका छन् । 

त्यस्तै, प्रदेश नं ३ मा आईपुग्दा एमालेले अहिलेसम्म ४८ स्थानीय तहमा विजय हाँसिल गरेको छ । त्यस्तै, नेपाली काँग्रेसले कूल ३२ र नेकपा माओवादी केन्द्रले जम्मा १६ स्थानमा विजय हाँसिल गरेको छ । 

एमालेको मेयरमा अहिलेसम्म १६ जना गाउँपालिका अध्यक्षमा ३२ जना गरी कूल ४८ जना प्रदेश नं ३ बाट विजयी भएका छन् भने कांग्रेसका मेयरमा ७ जना, अध्यक्षमा २५ जना गरी ३ नं प्रदेशमा कूल ३२ जनाले विजय हाँसिल गरेका छन् । त्यस्तै, माओवादी केन्द्रबाट मेयरमा ३ जना, गाउँपालिकाको अध्यक्षमा १३ गरी कूल १५ जनाले विजय हाँसिल गरेका छन् । राप्रपा र नयाँशक्तिले एकएक वटा गाउँपालिकामा आफ्नो प्रतिनिधित्व देखाएको छ । 

यसरी कूल स्थानीय तहको हिसाव गर्दा २५९ स्थानीय तहको मत परिणाम आउँदासम्म एमालेले १०६, काँग्रेस १००, माओवादी ४६ स्थानमा विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ