arrow

कागेश्वरी मनोहराको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेको अग्रता

logo
प्रकाशित २०७४ जेठ ६ शनिबार
Congress-UML_Election.jpg

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले) को अग्रता छ । पछिल्लो मत परिणामअनुसार, प्रमुखमा काँग्रेसका उपेन्द्र कार्कीले चार हजार ७९० र एमालेका कृष्णहरि थापाले चार हजार ४६२ मत प्राप्त गरुेको नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले बताए । 

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का महेश्वर फुयाँलले एक हजार ९३९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ५९६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी विन्दु सिम्खडाले चार हजार ७८२, काँग्रेसकी अनिता अधिकारीले चार हजार ७२९, माओवादीकी रुकु रणपालले एक हजार ४४९ र राप्रपाकी कुस्मा नगरकोटीले ७१८ मत प्राप्त गरेका छन् ।  


नगरपालिकाका एकदेखि पाँच नं– वडासम्मको मतगणना सम्पन्न भएर अहिले वडा नं– ६ को मत गणना भइरहेको छ । वडा नं– १, ३ र ५ मा एमाले एवम् वडा नं २ र ४ मा काँग्रेसले वडा अध्यक्ष तथा सदस्य पदमा विजय हासिल गरेको नगर निर्वाचन कार्यालयले जनाएको छ । 

नौ वडा रहेको नगरपालिकामा आज रातिसम्म मतगणना सकी परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृत कोइरालाले बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ