arrow

नचाहेरै यसरी माया मारेका थिए गायक शर्माले ? (भिडियोसहित)

logo
प्रकाशित २०७४ जेठ ६ शनिबार
sharma_g.JPG

काठमाडौं । थोरै तर असाध्यै सरल, सुन्दर र फरक सिर्जना सार्वजनिक गर्ने गायक मध्ये पर्छन् गायक हेमन्त शर्मा । उनले यस पटक फेरि अर्को एउटा सुन्दर गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

यसअघि आएका धेरै गीतसंगीतमा भन्दा यस पटक सार्वजनिक भएको गीतमा दर्शक, स्रोताले फरक स्वाद चाख्न पाउँने छन् । अलिक रोमान्टिक गीत धेरै गाउँन शर्माले यो पटक भने प्रेम वियोगको सेन्टिमेट गीत गाएका छन् ।

‘हारे आज’ बोलको नयाँ गीत को म्युजिक भिडियो गायक शर्माले विहिबार मात्रै सार्वजनिक गरे । मणिराज बस्नेतले रचना गरेको यो गीतमा बीबी अनुरागीको संगीत छ । आफ्ना धेरै सिर्जनामा आफ्नै संगीत तथा शब्द समावेश गर्ने शर्माका फ्यानका लागि यो फरक स्वाद हुन सक्छ ।

गीतको म्यूजिक भिडियोमा भने आयुष्मान देशराज जोशी र प्रियंका कार्कीलाई जोडीका रुपमा प्रस्तुत गरिएको छ । सुरज सिंह ठकुरीले निर्देशन गरेको यो गीतको म्यूजिक भिडियो  गायक शर्माको अफिसियल यू ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ