arrow

नुवाकोटको नतिजा : काँग्रेस ७, एमाले ३ र माओवादी केन्द्र २

एक वडा सदस्यको मृत्यु

logo
प्रकाशित २०७४ जेठ ६ शनिबार
nuwakot-district.png

नुवाकोट । स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटमा रहेका १२ वटै स्थानीय तहमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएको छ ।

निर्वाचनको परिणाम आउन बाँकी रहेको बेलकोटगढी नगरपालिकाको प्रमुखमा नेकपा ९एमाले०का उम्मेदवार राजेन्द्ररमण खनाल निर्वाचित भएका छन् ।

प्रमुखमा एमालेका उम्मेदवार राजेन्द्ररमण खनाल छ हजार ६४३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्प्रर्धी माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर गुरुङले छ हजार ३५१ मत ल्याए ।

उपप्रमुखमा माओवादी केन्द्रका कविता ढुङ्गाना छ हजार ६६६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका किटतम प्रतिष्पर्धी एमाले उम्मेदवार रूपा सापकोटाले छ हजार ४६० मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत शङ्करराज पाठकले जानकारी दिए ।

बेलकोटगढी नगरपालिकामा १० वडामा एमाले, दुई वडामा माओवादी केन्द्र र एक वडामा काँग्रेस उम्मेदवार विजयी भएका छन् । नुवाकोटको सात स्थानीय तहको प्रमुखमा नेपाली काँग्रेस, तीन स्थानीय तहको प्रमुखमा एमाले र दुई स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

बाह्रवटा स्थानीय तह रहेको नुवाकोटमा यसअघि विदुर नगरपालिका र तार्केश्वर गाउँपालिकामा एमालेका उम्मेदवार प्रमुख र उपप्रमुख पदमा निर्वाचित भएका थिए ।

यस्तै, मेघाङ, किस्पाङ, सूर्यगढी, लिखु, तादी, दुप्चेश्वर र शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

लिखु गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भए पनि बाँकी छ स्थानीय तहमा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

यस्तै, ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । पञ्चकन्या गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

वडा सदस्यको मृत्यु

लिखु गाउँपालिका–१ बाट स्थानीय तह निर्वाचनमा निर्वाचित वडा सदस्य ठाकुरप्रसाद लामिछानेको मृत्यु भएको छ । वैशाख ३१ मा भएको निर्वाचनमार्फत एमालेबाट उम्मेदवार भएर वडा नं १ को वडा सदस्यमा निर्वाचित ४५ वर्षीय लामिछानेको हृदयघातका कारण मृत्यु भएको चिकित्सकले जनाएका छन् ।

निर्वाचित पदाधिकारीहरुको विजय र्‍याली भइरहेको समयमा अचानक ढल्न पुगेका लामिछानेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएको लिखु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ध्रुब श्रेष्ठले जानकारी दिए ।  लिखु गाउँपालिकाबाट निर्वाचित उम्मेदवारहरुको शपथ तथा प्रमाणपत्र ग्रहण कार्यक्रम आइतबारका लागि आह्वान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ