arrow

‘काठमाडौं महानगरको मतगणना दशैँ तिहारमा जुवा खेल्या जस्तै’ : किन नहोस् ढिला ?

मतगणना गर्नु कि हल्ला गर्नेलाई कन्ट्रोल गर्नु

logo
प्रकाशित २०७४ जेठ ६ शनिबार
mat_ganana2.jpg

काठमाडौं । काठमाडौं महानगरको मत गणनमा सुरुमा अचाक्लि सुस्ताएको गुनासोपछि ११ ठाउँमा गणक राखियो ।

त्यति गर्दा पनि गति बढेन । बरु बढ्यो त । हल्ला खल्ला र भद्रगोल । शनिबार साँझ भित्र उकुसमुकुस भएपछि बाहिर निस्किएका गणक सुपरिवेक्षक रामकृष्ण प्रसाइँले मुख खोलिहाले । उनले प्याट्ट भने, ‘यसको गलत अर्थ लाग्दैन भने । यो मत गणना हुँदै भएन । यो त कस्तो भने हामी दशैँ तिहारमा रमाइलोका लागि जुवा–तास लेख्छौँ नि त्यस्तै ठाउँ–ठाउँमा जुवाको खाल जस्तो । हल्ला उस्तै मत गणना गर्नु भन्दा पनि कसैलाई कन्ट्रोल गर्न जानु पर्छ ।’ उखरमाउले गर्मीको उकुसमुकुस उस्तै ।’ गणकहरु जतिखेर पनि तनावमै देखिन्छन् । के नपुग्या जस्तो जस्तो ।   

गम्भीर हुँदै उनले भने, ‘ठूलो खर्च गरेर भएको निर्वाचन र नागरिकका अमूल्य मतको साँच्दै व्यवस्थित मत गणना भएन । जुवाको खालमा रमाइलो गरेको जस्तो भो । अन्यथा नजाओस् । न्यूनतम केही न केही व्यवस्था हुनै पथ्र्यो ।’ नजिता नआएकामा हामीलाई दोष दिन मिल्दैन । व्यवस्थापन पटक्कै भएन । लापर्वाही साह्रै छ । उनले भने, ‘अव्यवस्थित भएकै कारण ढिलाई भएको हो ।

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनको पाठ सिकेर दोस्रो चरणको निर्वाचनमा निकै सुधार गर्ने बताइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ