arrow

बन्दुक र स्टेरिङपछि अब पहिलेजस्तै स्थानीय सत्ता

logo
प्रकाशित २०७४ जेठ ७ आइतबार
Maobadi-Kendra-ko-logo.jpeg

 रुकुम । बन्दुकको नालबाट सत्ता कब्जा गर्ने स्कुलिङका कारण मुसिकोट नगरपालिका ८ उदिनढुंगाका बुद्धिप्रसाद बुढा तत्कालिन माओवादीले थालेको सशस्त्र युद्धमा होमिए ।

२०५५ देखि २०६२ सम्म भएका अधिकांश लडाइँमा उनको सहभागिता केहीमा बाहेक छुटेको छैन । 

जुम्ला सदरमुकाम कब्जाका क्रममा छातीमा १ र बायाँ हातमा ४ गोली लागेर पनि उनले लड्न छाडेनन् ।

बटालियन कमान्डर रहेका उनी अन्य लडाकुसँगै क्यान्टोनमेन्टमा बसे । समायोजनपछि स्वैच्छिक अवकासमा निस्किए । 

ऋणधन गरेर किनेको ग १ ज २२८० नम्बरको गाडी ४ बर्ष चलाएका बुढाको हातमा अब सिंगै वडा ड्राइभ गर्ने जिम्मेवारी आएको छ ।

३५ बर्षीय बुढालाई मुसिकोट नगरपालिका वडा नम्बर ८ का मतदाताले वडाध्यक्षमा जिताएका छन् । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ