arrow

मध्यपुरथिमिमा मेयरमा एमाले र उपमेयरमा काँग्रेस अगाडि 

logo
प्रकाशित २०७४ जेठ ७ आइतबार
Congress-UML_Election.jpg

भक्तपुर । मध्यपुरथिमि नगरपालिका वडा नं ६ को वडाध्यक्षसहित सदस्यहरुमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भए । वडाध्यक्षमा काँग्रेसका उम्मेदवार इन्द्रबहादुर प्रजापति श्रेष्ठले एक हजार २१० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलकृष्ण खाँस प्रजापतिले ५७४ मत प्राप्त गरे । 

काँग्रेसकै महिला सदस्य अरुण कारञ्जित, दलित महिला सदस्य सीता विश्वकर्मा, सदस्यहरुमा भजराम खड्का र हरिदास प्रजापति विजयी भए ।

त्यसैगरी यस नगरपालिकाको नगरप्रमुखमा एमालेका मदनसुन्दर श्रेष्ठ नौ हजार ८७० मतले अग्रस्थानमा रहेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अष्ट कवेँ आठ हजार पाँच मतले पछाडि परेका छन् । 

उपप्रमुखमा काँग्रेसकी अञ्जना मधिकर्मी सात हजार ९९५ मतले अग्रस्थानमा छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी केदार खड्का पाँच हजार ३३४ मतले पछाडि परेका छन् । मध्यपुरथिमिको वडा नं ७ को मतगणना जारी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ