arrow

कुन कुन नेताको वडामा आए विपक्षी वडा अध्यक्ष ?

logo
प्रकाशित २०७४ जेठ ७ आइतबार
KP-oli-vs-Prachanda.jpg.jpeg

काठमाडौं। स्थानीय तह निर्वाचनमा कतिपय स्थानबाट निकै रोचक परिणामहरु आएका छन् । प्रधानमन्त्री देखि विभिन्न पार्टीका अध्यक्ष तथा प्रभावशाली नेताहरुले आफ्नो वडा नेतृत्व चयनका लागि गरेको मतदानले स्थानिय नेतृत्व निर्वाचित गराउन सकेन। 

प्रधानमन्त्रीको वडामा एमाले 
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मत खसालेको चितवन जिल्लाको भरतपुर महानगरपालिका–४ को वडाध्यक्षमा एमाले उम्मेदवार हरिप्रसाद आचार्य निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार उपेन्द्र शर्मालाई सात मतले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् । उनले एक हजार सात सय २० मत पाए भने शर्माले एक हजार सात सय १३ मत पाए । प्रधानमन्त्रीको दलले ९३५ मत पायो ।

एमाले अध्यक्ष ओलीको वडामा कांग्रेस
एमाले अध्यक्ष केपी ओलीले मत खसालेको भक्तपुरको सूर्यविनायक नगरपालिका–२ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार कमलनाथ आचार्य विजयी भए । १७ मतअन्तरमा उनले एमाले उम्मेदवारलाई पराजित गरे । आचार्यले १,३८५ र उनका प्रतिद्वन्द्वी एमालेका रवि श्रेष्ठले १,३६८ मत पाए ।

राप्रपा अध्यक्ष कमल थापाको वडामा कांग्रेस
राप्रपा अध्यक्ष कमल थापाको मतदाता नामावली भएको मकवानपुर हेटौँडा उपमहानगरपालिका–५ को वडाध्यक्षमा कांग्रेस उम्मेदवारले चुनाव जितेका छन् । कांग्रेस उम्मेदवार राजेश बानियाँ १,८४८ मत ल्याएर वडाध्यक्षमा विजयी बने । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार ईश्वर ढुंगानाले १,७४४ मत पाए । थापाकै दल राप्रपाले जम्मा ३४० मत ल्यायो ।

डा. रामशरण महतको वडामा एमाले
कांग्रेस पूर्वसहमहामन्त्री डा. रामशरण महतको मतदाता नामावली रहेको नुवाकोट पञ्चकन्या गाउँपालिका–२ मा एमाले विजयी भएको छ । सो वडामा एमाले उम्मेदवार ध्रुव मिश्र सात सय ३९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार रामशरण श्रेष्ठले ६ सय ४३ मत ल्याए ।
(नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ