arrow

क्लाइमेक्समा स्पेनिश लिग फुटबलः उपाधि रियाल मड्रिडको कि बार्सिलोनाको ?

logo
प्रकाशित २०७४ जेठ ७ आइतबार
Real_Barca.jpg.jpeg

स्पेन । स्पेनिश फुटबल लिग ला लिगाको यस वर्षको उपाधि छिनोफानो आइतबार राति हुँदैछ । 

जारी सिजनको अन्तिम दिनका खेलबाटै उपाधिको टुंगो लाग्दैछ । शीर्ष स्थानको रियाल मड्रिडले मालागासंग उसकै मैदानमा र दोस्रो स्थानको बार्सिलोनाले घरेलु मैदानमा आइबारसंग खेल्दैछ ।

रियालको ९० तथा बार्सिलोनाको ८७ अंक रहेका अवस्थामा रियालले यो खेलमा बराबरी गरे पुग्नेछ । बार्सिलोनाले उपाधि जित्न आफ्नो खेल जितेर पुग्नेछैन अर्को खेलमा रियालले पनि हार्नुपर्नेछ ।

दुवै खेल राति ११ः४५ बजे हुनेछन् । 

राति ८ः३० बजे ७५ अंकसहित तेस्रो स्थान पक्का गरेको एथलेटिको मड्रिडले छैटौं स्थानमा रहेको एथलेटिक बिलबाओसंग खेल्दैछ । 

त्यस्तै बिलबाओसंग गोलअन्तरमा पछाडि रहेको रियाल सोसिडाडले सेल्टाभिगोसंग खेल्दैछ । 

बिलबाओ र सोसिडाडमध्ये एक टिम छैटौं स्थानमा रहनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ