arrow

इंगलिश प्रिमियर लिगः म्यानचेष्टर सिटी, लिभरपुल र आर्सनलको भविश्य राति निर्धारण हुँदै

logo
प्रकाशित २०७४ जेठ ७ आइतबार
arsenal-mancity.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको जारी सिजन आइतबार राति सकिंदैछ । राति अन्तिम चरणका १० वटै खेल हुँदै गर्दा म्यानचेष्टर सिटी, लिभरपुल र आर्सनलको भविश्य निर्धारण हुँदैछ । 

अहिलेसम्म पहिलो र दोस्रो स्थानको छिनोफानो भइसक्दा तेस्रोदेखि पाँचौं स्थानको छिनोफानो हुन सकेको छैन । 

म्यानचेष्टर सिटीको ७५, लिभरपुलको ७३, आर्सनलको ७२ अंक छ । 

चेल्सीले उपाधि जितिसकेको छ भने टोटनह्यामको ८३ अंक छ । 

आइतबार १९ः४५ बजे आर्सनल र एभर्टन, बर्नले र वेष्टह्याम, चेल्सी र सन्डरल्याण्ड, हल सिटी र टोटनह्याम, लेस्टर र बर्नमाउथ, लिभरपुल र मिडिल्सब्रो, म्यानचेष्टर युनाइटेड र क्रिष्टल प्यालेस, वाटफोर्ड र म्यानचेष्टर सिटी, साउथह्याम्पटन र स्टोक सिटी तथा स्वान्सी र वेष्टब्रोम खेल्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ