arrow

काँग्रेसको बन्दका कारण धादिङको जनजीवन सामान्य प्रभावित 

logo
प्रकाशित २०७४ जेठ ७ आइतबार
file_Photo_dhading.jpg

काठमाडौं । शनिबार राती नेकपा एमालेका कार्यकर्ताहरुले नवनिर्वाचित गाउँपालिकाका अध्यक्ष माथि गरेको आक्रमणको विरोधमा नेपाली काँग्रेसले आईतबार धादिङ बन्दको घोषणा गरेको छ । 

बन्दका कारण धादिङहुँदै आवतजावत गर्ने छोटो तथा लामो दूरीका सवारी साधनहरु फाट्टफुट्ट बाहेक चल्न सकेका छैनन् । राजमार्गमा निर्वाध रुपमा सवारी चलिरहेका छन् भने सदरमुकाम धादिङबेसीमा भने जनजीवन प्रभावित भएको छ । यद्यपि आक्रमण भएको ज्वालामुखी गाउँपालिका भने पूर्णरुपमा ठप्प पारिएको छ । अर्काे निर्णय नभएसम्मको लागि साँझ ५ बजेसम्म बन्द आह्वान गरिएको नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले जानकारी दिए । 

शुक्रबार निर्वाचित भएका जनप्रतिनिधीहरु खुसीयालीमा विजयोत्सव मनाएर फर्किने क्रममा एमाले कार्यकर्ताहरुले मैदीमा खाजा खाइरहेका २०(२२ जनाको संख्यामा रहेका काँग्रेस कार्यकर्तामाथि एक्कासी करिव डेढसयको हाराहारीमा आएका एमाले कार्यकर्ताहरुले आक्रमण गरेका थिए । शनिबार साँझ गाउँपालिकाको वडा नं ३ मा पर्ने मैदीमा एमालेका कार्यकर्ताहरुले आक्रमण गरेको नेपाली काँग्रेस धादिङले जनाएको छ।  

रोचक प्रतिस्पर्धाकाबीच एमालेका उम्मेदवार रामप्रसाद अधिकारीलाई पराजीत गरेका नेपाली काँग्रेसका उम्मेदवार विनोद तिमल्सिना तथा विभिन्न वडामा चुनिएका प्रतिनिधिहरु ज्वालामुखीको विजयजुलुसबाट फर्कदै थिए। जुलुस सकेर फर्किने क्रममा अधिकारीकै वडामा एमाले कार्यकर्ताहरुले आक्रमण गरेका हुन् । यस विषयमा एमालेका  स्थानीय नेताहरुसँग प्रतिक्रिया लिन खोज्दा उनीहरुसँग सम्पर्क हुन सकेन । 

आक्रमणमा आधा दर्जन कार्यकर्ताहरु घाईते भएका छन । उनीहरुलाई एम्बुलेन्समा राखेर जिल्ला अस्पताल धादिङबेसी पुर्याईएको छ । घाइतेमध्ये गम्भीर रहेका जिल्ला कार्यसमिति सदस्य नरेन्द्र भट्टलाई काठमाडौं ल्याइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ