arrow

हुम्लाको खार्पुनाथमा काँग्रेसका कर्ण रावल विजयी

logo
प्रकाशित २०७४ जेठ ७ आइतबार
kharpunath.png

काठमाडौं । शुक्रबार मात्रै मतदान सकिएको हुम्लाको खार्पुनाथ गाउँपालिकामा काँग्रेस विजयी भएको छ ।

वैशाख ३१ को चुनाव हुनु एक दिन अघि खार्पुनाथ ३ मा एमालेबाट महिला सदस्यको उम्मेदवारको मृत्यु भएपछि मतदान रोकिएको थियो ।

शुक्रबार वडा नम्बर ३ मा मतदान भएको थियो । ३१ वैशाखमा ३ नम्बरको मात्रै मतदान रोकिएको र मतगणना पुरै गाउँपालिकाकै रोकिएको जिल्ला निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ ।

खार्पुनाथमा काँग्रेस उम्मेदवार कर्ण रावल ११ सय २० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै, उपाध्यक्षमा काँग्रेसकै सिन्धु हमाल शाही विजयी भएकी छन् । उनले एक हजार ८० मत ल्याइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ