arrow

कागेश्वरी मनोहरामा कांग्रेसको अग्रता, ७ नं वडामा विजयी 

logo
प्रकाशित २०७४ जेठ ७ आइतबार
local.png

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसको अग्रता छ । प्रमुखमा काँग्रेसका उपेन्द्र कार्कीले छ हजार ५६२ र एमालेका कृष्णहरि थापाले पाँच हजार ७८७ मत पाउनुभएको निर्वाचन अधिकृत प्रकाश कोइरालाले जानकारी दिए । नेकपा माओवादी केन्द्रका महेश्वर फुयालले दुई हजार २१४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ६५२ मत ल्याएका छन् ।

उपप्रमुखमा काँग्रेसकै अनिता अधिकारीले छ हजार २८४, एमालेका बिन्दु सिम्खडाले छ हजार १७१, माओवादीका रुकु रणपालले एक हजार ८०१ र राप्रपाका कुस्मा नगरकोटीले ८०९ मत ल्याए ।

निर्वाचन कार्यालयले आइतबार दिउँसो वडा नं ७ को मतगणना सकेको छ । ७ नं वडामा अध्यक्षसहित पाँचवटै पदमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका जीवन थापा एक हजार २९० मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शैलेन्द्र रायमाझीले ८६८ मत पाए ।

यसैगरी महिला सदस्यमा शर्मिला कार्की, दलित महिला सदस्यमा शान्ता विशुङ्खे, खुल्ला सदस्यद्वयमा क्रमशः लक्ष्मण पुरी र सहदेव कार्की विजयी भयो । नौ वडा रहेको नगरपालिकामा आज रातिसम्म मतगणना सकी परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृत कोइरालाले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ