arrow

उपेन्द्र यादवले भने–संविधान संशोधन दरबारिया शक्तिले रोक्यो

संशोधनका पक्षमा ४ सय १ सांसद पुगेका बेला १० सांसद गायब पार्‌‍यो

logo
प्रकाशित २०७४ जेठ ७ आइतबार
upendra-yadav-600x0.jpg.jpeg

धनुषा । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र संघीय गणतन्त्रलाई असफल बनाउन प्रतिगमनकारीहरुले षड्यन्त्र गरिरहेको बताएका छन् ।

संघीय प्रेस फोरम नेपाल, धनुषाले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले  गणतन्त्रलाई संस्थागत हुन नदिने षड्यन्त्रहरुलाई परास्त गर्न फेरि पनि संघर्ष गर्ने बताए । अध्यक्ष यादवले वैशाख १७ गते हुनै लागेको संविधान संशोधनलाई असफल बनाउन दरबारिया शक्तिहरुले षड्यन्त्र गरेको आरोप समेत लगाए ।

उनले भने, ‘वैशाख १७ गते संविधान संशोधन हुने पक्का थियो । संविधान संशोधनका पक्षमा ४ सय १ सांसद पुगिसकेका थिए तर, दरबारिया शक्तिहरुले १० सांसदलाई गायव पारिदिए ।’
यस्तै, अध्यक्ष यादवले संविधानमार्फत प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न आफ्नो पार्टी तीनै तहको निर्वाचनमा सहभागि हुने उदघोष समेत गरे । यादवले भने, ‘दोस्रो चरणको निर्वाचनमा मधेस केन्द्रित अन्य दलहरुसमेत सहभागि हुन्छन् ।’ लोकतान्त्रिक प्रक्रियामा किन सहभागि नहुने ?

संविधान संशोधन गर्ने विषयमा फोरम अध्यक्ष यादव विश्वस्त देखिए । एक चरणको निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णय संविधान संशोधनको पहिलो संकेत भएको उल्लेख गर्दे यादवले क्याविनेट निर्णयबाट तराई मधेसमा जनसंख्याको आधारमा स्थानीय तहको संख्या वृद्धि हुने जिकिर गरे ।

स्थानीय तहको निर्वाचनमा सबै सहभागि हुने बताएका यादवले राष्ट्रिय जनता पार्टी तथा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसँग समेत सकारात्मक छलफल भइरहेको सुनाए । यस्तै, उनले आफुहरु फेरि पनि तालमेल गरेर अघि बढ्नु समेत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ