arrow

राजाले बनाएका संरचनामै विप्लव समूहले धमाधम बनाउँदै जनसरकार

ज्ञानेन्द्रसँग थर मिल्दैमा दरबारिया भन्न कहाँ पाइन्छ.........

logo
प्रकाशित २०७४ जेठ ७ आइतबार
bip_new.jpg

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्ला जिल्लामा धमाधम समानान्तर सरकार गठन गरिरहेको छ । अन्य राजनीतिक दलहरु लोकतान्त्रि प्रक्रियामा सहभागि भएर चुनाव लडिरहेका बेला नेकपाले स्थानीय जनसमिति गठन गरिरहेको हो ।

इलामको माङसेवुङ गाउँपालिकाको कार्यालयमा उनीहरुले साविकको इभाङ गाविसकै नाम राखेर स्थानीय जनसमितिको कार्यालयको बोर्ड राखेका छन् 

चन्द नेतृत्वको नेकपाले हालसम्म केही जिल्लाका दुई सय बढी स्थानमा समानान्तर सरकार गठन गरिसकेको छ । नेकपाका जनसरकार प्रमुख सन्तोष बुढाले हाम्राकुरासँग भने, ‘स्थानीय तहका नयाँ सरकार गठन हुँदासम्म सबै जिल्लामा हाम्रो जनसरकार गठन भइसक्छ । केन्द्रमा सबै संरचनाहरु तयार भइसकेका छन् ।’

नयाँ स्थानीय तहलाई नमान्ने, राजाले घोषणा गरेकै स्थानीय निकाय वैज्ञानिक
नेकपाले नयाँ स्थानीय तहलाई कसैले नमान्ने जिकिर गर्दै पुरानै स्थानीय निकायहरु ठिक रहेको बताएको छ । नेकपाले तत्कालीन राजा महेन्द्रले बनाएका संरचनालाई आफ्ना स्थानीय जनसरकार बनाउँदैछ ।

जनसरकार प्रमुख बुढाले भने, ‘हामीले पुरानै गाविस र नगर अनुसार जनसरकार गठन गरेका छौँ । जनताले त्यसैलाई स्वीकारेका छन् भने त्यसैलाई वैज्ञानिक मान्नु पर्छ ।’ ती स्थानीय निकायको छाव सबैमा परिसकेको छ ।

तपाईहरुले त्यही व्यवस्था विरुद्ध हिजो बन्दुक उठाउनु भा हैन, अहिले कसरी त्यही वैज्ञानिक भो ? जवाफमा उनले भने, ‘जन भावनाको कुरो हो । हिजो संरचना भन्दा पनि शासन पद्धति र शासकहरुमा समस्या थियो । त्यो शैली र पुस्ताको अन्त्य जनताले नै खोजेका हुन् । बन्दुक उठाउनुको मक्सद पनि त्यही थियो ।’ जनाभावना । उनले थपे, ‘तमाम आन्दोलन जनभावना अनुसार नै भए । तर, अहिले आएर फेरि शैली फेरिएन । अनावश्यक संरचना भत्काउन थालियो ।’ अहिलेको स्थानीय तहमा नौले के छ र ? पुरानै संरचनालाई आधार मानेर नयाँ आवरण मात्रै दिइएको हो , उनले भने, ‘यो झुक्याउने खेल मात्रै हो ।’

बुढाले अहिलेको स्थानीय तह कुनै पनि हालतमा वैज्ञानिक नहुने भन्दै, टुक्र्याइएका विरुद्ध भएका आन्दोलन कसैले नसुनेको र आफुखुसी जारी रहेको उनले बताए ।
 

अहिलेको शासन व्यवस्था आफुखुसी हो
उनले भनेका छन्, ‘अहिलेको व्यवस्था आफुखुसी बाहेक केही हुन सक्दैन । हामी संघीयता विरोधी होइनौँ । तर, अहिलेको जस्तो अनावश्यक र अवैज्ञानिक संघीयता चाहिँदैन । यसले जनतालाई सम्वृद्ध बनाउँदैन । कंगाल बनाउने हो । यो दलहरुले आ–आफ्नो भोट सुरक्षित गर्ने क्षेत्र निर्धारण गरेका हुन् ।’ संघीयतामा जाँदा जनताको राय लिनु पर्दैन ? प्रतिप्रश्न गर्दै उनले भने, ‘संघीयताको सिद्धान्त र मूल्यमान्यता अनुसार आवश्यक स्वरुप निर्धारण गर्नु पर्दैन ? जनताको राय सुझाव खै कसले मान्यो ?’ जना आह्वान र जनआवाजको कदर गर्नु पर्दैन ? जनताले चुनेका प्रतिनिधिहरुले निर्धारण गरेको स्वरुप नै जन चाहाना हो भन्ने लोकतन्त्रवादीहरुको भनाईमा समेत दम नभएको नेकपाका नेताहरुको तर्क छ ।
 

तपाईहरु घाँटी दरबारियासँग जोडिएको छ रे हो ?
नेकपाका जनसरकार प्रमुख बुढा जिज्ञासा सुनेपछि जंगिए । उनले भने, ‘यो आरोप मात्रै हो । यो राजावादी सोच भएकाहरुको पुरातन चिन्तन हो ।’ यो सम्झिनुस् कि हामीलाई राजासँग जोडिएको देख्नेहरु राजावादी मानसिकताबाट ग्रसित छन् ।

कुरा गर्दै जाँदा उनी हाँसे । उनले भने, ‘ज्ञानेन्द्र शाह पनि ठकुरी र हाम्रो महासचिव पनि ठकुरी भनेर भन्न खोजिएको हो भने बेग्लै कुरा हो ।’ थर मिल्दैमा दरबारिया भन्न कहाँ पाइन्छ ? यो कस्तो खालको मानसिकता हो ? केही समय अघि मात्रै पहिलेसँगै रहेका मोहन वैद्यले नै नेत्रविक्रम चन्दमा दरबारिया भूत सवार रहेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ