arrow

काठमाडौं चन्द्रागिरि नगरपालिकामा काँग्रेसका गिरी विजयी

logo
प्रकाशित २०७४ जेठ ७ आइतबार
ghanashyam-giri-krishna-sitaula.jpg

काठमाडौँ। चन्द्रागिरि नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरीले १३ हजार ३०९ मत प्राप्त गरी विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रह्लाद कार्कीले १० हजार ४२१ मत प्राप्त गरे । 

उपप्रमुखमा एमालेका लीसा नकर्मीले ११ हजार ८३४ मत प्राप्त गरी विजयी भइन। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका इन्द्रावती श्रेष्ठले ११ हजार २३८ मत प्राप्त गरिन । 

कुल १५ वडा रहेको नगरपालिकामा कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । विजयीलाई बुधबार एक कार्यक्रमबीच ग्रहण गराइने प्रमुख निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ