arrow

पर्वत कांग्रेसका क्षेत्रीय सभापति पौडेलले दिए राजीनामा 

कनिष्ठ र नातेदारलाई टिकट दिएको आरोप

logo
प्रकाशित २०७४ जेठ ८ सोमबार
congress.jpeg

काठमाडौं ।  नेपाली काँग्रेस पर्वत क्षेत्र नं १ का क्षेत्रीय सभापति गङ्गाधर पौडेलले पदबाट राजीनामा दिएका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुख पदको आकांक्षी समेत रहेनुका पौडेलले नेपाली काँग्रेसले आयोजना गरेको विजयी सभामै राजीनामा दिएका हुन् । 

 पौडेलले आफ्नो राजीनामा पत्र नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल र केन्द्रीय सदस्य तथा सांसद अर्जुनप्रसाद जोशीलाई बुझाए। स्थानीय तहको चुनावमा कुश्मा नगरपालिकाको प्रमुख पदमा आफू आकांक्षी हुँदाहुँदै पार्टीमा कनिष्ठ र आफ्नै नातेदार भाइलाई टिकट दिएको भन्दै उनले राजीनामा दिएको बताएका छन् । 

 ४० वर्षभन्दा लामो आफ्नो राजनीतिक बलिदानीलाई लत्याउँदै पार्टीले गरेको निर्णय सहन नसकी नेपाली काँग्रेसको पार्टी सदस्यता समेत नरहने गरी राजीनामा दिएको उहाँले उल्लेख गर्नुभएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ