arrow

मध्यपुरमा प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस

logo
प्रकाशित २०७४ जेठ ८ सोमबार
bhaktapur-thimi.png

भक्तपुर। मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा नेपाली काँग्रेसका अञ्जना मधिकर्मी विजय भएकाछन्।

भर्खरै सार्वजनिक भएको मतपरिणाम अनुसार श्रेष्ठले १३ हजार ९६० मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अष्ट कवेले १० हजार ८४६ मत प्राप्त गरे।

त्यसैगरी उपप्रमुखमा मधिकर्मीले १० हजार ६७८ मत प्राप्त गरी विजयी भएकिछिन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेमकिपाका केदार खड्काले सात हजार ७६२ मत प्राप्त गरेकि छिन्।

यसैगरी मध्यपुरथिमि नगरपालिका वडा नं ९ को वडाध्यक्षमा काँग्रेसका रामकाजी चक्रधरले ६५० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेमकिपाका राजु कैतीले ५९४ मत प्राप्त गरेका छन्।

त्यसैगरी महिला सदस्यमा काँग्रेसकी मीरा खड्काले ६९२, दलित महिला सदस्य एमालेकी सुन्तली विश्वकर्माले ६९५, सदस्यहरु काँग्रेसका गोकुल खड्का ७२७ मत र काँग्रेसकै चन्द्रप्रसाद धौवञ्जारले ८२७ मत प्राप्त गरी विजयी भएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ