arrow

गणतन्त्र दिवसलाई भव्यताका साथ मनाईने 

logo
प्रकाशित २०७४ जेठ ८ सोमबार
ganatantra_diwas_tayari.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस भव्यताका साथ मनाईने जनाएका छन् । सोमबार बिहान गृह मन्त्रालयमा सम्पन्न भएको गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । 

बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्ड’ले गणतन्त्र दिवसलाई जनताको सहभागितामा सम्पन्न गर्नुपर्ने बताए।  ‘गणतन्त्र दिवस नेपालको इतिहासमा युगान्तकारी दिन हो । यसलाई हामीले औपचारिकता भन्दा माथि उठेर जनताको सहभागितामा मनाउनु पर्दछ ।’ बैठकमा बोल्दै प्रधानमन्त्रीले भने, ‘गणतन्त्र दिवसबारे जति पनि सुझाव आएका छन्, तिनलाई समेटेर यसलाई भव्य रुपमा मनाऔं ।’

पहिलो चरणको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न भएको प्रधानमन्त्रीले बताए। उनले भने, ‘पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, निर्वाचन अत्यन्तै शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न भएको छ । सरकार दोस्रो चरणको निर्वाचनको तयारीमा जुटिरहेको छ, निर्वाचन सम्पन्न गरेर देशलाई राजनीतिक स्थीरता र समृद्धिको बाटोमा लैजान सरकार गम्भीर छ ।’ बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई विविध कार्यक्रमसहित भव्य रुपमा मनाउने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ