arrow

पोखरा महानगरमा मतगणना अझै सुरु हुन सकेन 

logo
प्रकाशित २०७४ जेठ ८ सोमबार
mat_ganana3.jpg

काठमाडौं । दुई घण्टा अगाडि नै सर्वदलीय सहमति गरेर मत गणना सुरु गर्ने भनिएको भएपनि पोखरा लेखनाथ महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । १७ नं वडाको मतपत्रको विषयमा विवाद चर्किएपछि दुई दिनदेखि रोकिएको महानगरको मतगणना दिउँसो साढे २ बजेसम्म पनि सुरु हुन नसकेको निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए । 

उनले दलीय सहमति अनुरुप विवाद सिर्जना भएको वडामा मतदानकेन्द्रको मुचुल्का खोज्ने र सो हुन्ज्याल पनि अन्य वडाको भने निर्वाचन मतगणना सुचारु राख्नको लागि माईकिङ गरिएको भएपनि प्रतिनिधिहरु नआईपुगेकोले अझै मत गणना हुन नसकेको जानकारी दिए । उनले १६, १८ र १९ वडाको मत गणनाको लागि एक घण्टादेखि माईकिङ गरिरहेको भएपनि प्रतिनिधिहरु अझै नआईपुगेको बताए । उनले प्रतिनिधिहरु आउनेवित्तिकै मत गणना सुरु हुने जानकारी पनि दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ