arrow

सुशीला कार्कीको साँटो अख्तियार प्रमुखलाई गोपाल पराजुलीले किन खुवाए सपथ ?

logo
प्रकाशित २०७४ जेठ ८ सोमबार
gopal_deep.JPG

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा कार्यबाहक प्रधानन्यायाधीश गोपाल पराजुलीले आयोगको प्रमुखमा दीप बस्न्यात र महालेखा परीक्षकमा टङ्कमणि शर्मा दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । 

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजना गरेको विशेष समारोहबीच कार्यवाहक प्रधानन्यायाधीश पराजुलीले बस्न्यात र दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । 

सामान्यतयाः संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीसले सपथ खुवाउने प्रचलन रहेको छ । तर, यहाँ प्रधानन्यायाधीस सुशीला कार्कीकोे ठाउँमा किन कार्यबाहक प्रधानन्यायाधीसले सपथ खुवाए त ? यो धेरैलाई आश्चर्यको विषय बनेको छ । 

सर्वाेच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीस कार्की अहिले आफ्नो अनिवार्य अवकास पूर्व विदामा बसेकी छिन् । त्यसैले उनी विदामा बसेपछि वरिष्ठतम न्यायाधीसको हिसावले पराजुली स्वतः कार्यवाहक प्रधानन्यायाधीस बन्ने कानूनी प्रावधान नै रहेकोले पराजुलीले नै सपथ खुवाएका हुन् । 

उक्त समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीमगर, मुख्य सचिव डा सोमलाल सुवेदी, सचिव र नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त बस्न्यात र महालेखा परीक्षक दङ्गाललाई संसदीय सुनुवाइ समितिले आइतबार नियुक्तिका लागि सिफारिस गरेको थियो । नेपाल संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र महालेख परीक्षकमा दङ्गाललाई नियुक्त गर्ने व्यवस्था रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ