arrow

ला-लिगा फुटबल: रोनाल्डोले भने 'हामी योग्य थियौं'; जिदानको आँखा अब च्याम्पियन्स लिग उपाधिमा

logo
प्रकाशित २०७४ जेठ ८ सोमबार
Real_Madrid_laliga_title.jpg

एजेन्सी। स्पेनी क्लब रियाल मड्रिडले ला-लिगा उपाधि ३३औं पटक जितेर खुशीयाली मनाएको छ। मलागा बिरुद्धको अन्तिम खेल २-०ले जित्दै उपाधि हात पारेको रियालले आफ्नो शहर मड्रिडमा समर्थकहरुसँग खुशी साटेको छ। 

मलागाबाट सिधै मड्रिड पुगेको रियालका स्टार स्ट्राईकर क्रिष्टियानो रोनाल्डोले भने 'उपाधिकालागि हामी योग्य थियौं' । हामीले सिजनभर राम्रो खेल्यौ र उच्च मनोबलका साथ खेल्यौं।  उनले अघि भने 'जितको स्वाद जहिले मिठो हुन्छ र सिजनको अन्तिम हप्तामा उक्त स्वाद झन मिठो लाग्छ।'

पाँच बर्ष पछि रियालले उपाधि जितेको हो। बार्सिलोनासँग तीन अंकको फरकमा मैदान ओर्को रियालले हार ब्योहोरेको भए उपाधि इनि गुामउने थियो। उता बार्सिलोनाले एबारलाई ४-२ गोलले पराजित गरेको थियो। 

मलागा बिरुद्धको खेलमा रियालकालागि क्रिष्टियानोले २ मिनेटमा गोल गर्दै आफ्नो टोलीकलाई अग्रता दिलाएका थिए। दोस्रो गोल करिम बेन्जेमाले गरेका थिए। 

'यो समयमा उपाधि जित्दा पुनर्ताजगी पाएको महशुस हुँदैछ। च्यामपियनस् लिग फाईनलकोलागि पनि उर्जा मिलेको छ।' क्लबका म्यानेजर जिनेदिन जिदानले भने। 

रियालका कप्तान सर्जियो रामोशले भने ' ला-लिगा सबै भन्दा कठिन क्लब फुटबल हो र उपाधि जित्नु सबैभन्दा खुशीको कुरा हो'। 'केहि निराशाजनक खेल भएपनि त्यसपछी हामी अघि बढ्यौं र यहाँसम्म आईपुग्यौं, यो खुसीको कुरा हो ', रामोशले भने । 

रियाल च्याम्पियनस् लिगको फाईनलमा ईटालीको क्लब युभेन्टससँग उपाधिकालागि भिड्ने छ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ