arrow

राप्रपा बैठकको चर्चा : गाईलाई पत्याएनन् हलो बनाऔँ चुनाव चिन्ह !

प्रदेश र केन्द्रको निर्वाचनमा चुनाव चिन्ह हलो हुन्छ : राणा

logo
प्रकाशित २०७४ जेठ ८ सोमबार
RPP-N111.jpg

काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा चुनाव चिन्ह फेर्नु पर्ने आवाज उठेको छ ।

बैठकमा सहभागि केहीले गाई चिन्हलाई मतदाताले खासै नपत्याएको धारणा राखे । एकिकरण भएर आएका केही नेताले चुनाव चिन्ह हलो राख्नु पर्छ समेत, भने ।

बैठकले अहिलेलाई बजेट काम चलाउ मात्रै ल्याउनु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको जानकारी दिँदै प्रवक्ता सुशील कुमार श्रेष्ठले भने, ‘केही साथीहरुले कुरा उठाएका हुन् । गाईलाई भोट दिन गाह्रो माने भनेर । यसरी हल्का कुरा गरेर हुँदैन ।’

श्रेष्ठले अगाडि थपे, ‘हामीले पहिलो चरणका जितेको ठाउँ खाट्टी तामाङहरुको बस्ती भएको क्षेत्र हो । गाइलाई तामाङहरुले भोट दिँदैनन् भन्न हुन्छ । बुद्धिमान तामाङको गाउँमा जितेको हो ।’ मुस्लिमहरुले गाइलाई भोट दिँदैनन् भन्ने जस्ता कुरा गर्नु हुँदैन ।

चुनाव चिन्हमा मैले हो राखेको फरक मत : राणा
राप्रपाका बरिष्ठ नेता पशुपति शमशेर राणाले आफुले नै पार्टीमा चुनाव चिन्ह फेर्नु पर्ने प्रस्ताव राखेको बताए । विरामी रहेकाले सोमबारको कार्यसम्पादन समिति बैठकमा उपस्थित हुन नसकेका राणाले भने, ‘मैले पार्टीको बैठकमै चुनाव चिन्ह हलो नै हुनुपर्छ भनेर कुरा राखे । स्थानीय चुनावपछि हलोलाई चुनाव चिन्ह बनाउन पार्टीभित्र भारी मत आउँछ ।’ प्रदेश र केन्द्रको निर्वाचनमा चुनाव चिन्ह हलो हुन्छ ।

यद्यपि, राणाले भनेको कुरा सुनेर प्रवक्ता श्रेष्ठ हाँसे । उनले भने, ‘पार्टीको केन्द्रीय कार्यसमिति बैठकमै ४०–४५ जनाले चुनाव चिन्ह गाई नै हुनुपर्ने भनेपछि पारित गरिएको हो । हलो हुनुपर्छ भन्नेमा जम्मा राणा र लोहनीले मात्रै कुरा राखेका हुन् ।’ केन्द्रीय समितिले पारित गरेको चिन्हमा तलमाथि हुँदैन ।

पार्टी छोड्न लागेको भन्ने हल्ला हो
पशुपति शमशेर राणासहित केही व्यक्तिले पार्टी छोड्न लागेको भन्ने समाचार हल्ला मात्रै भएको उनले बताए । उनले भने, ‘पार्टी छोड्ने कुरै हुँदैन । यी सबै हल्ला हुन् । चुनाव चिन्हमा त मैले पहिले देखि नै फरक मत राख्दै आएको छुँ ।’ त्यो हुन्छ पनि ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ