arrow

प्रचण्डको टेलिफोनले रोक्यो मोर्चाको आन्दोलन घोषणा

logo
प्रकाशित २०७४ जेठ ८ सोमबार
rajapa-pm_meet.jpg

काठमाडौं । सरकारले धोका दिएको भन्दै नयाँ आन्दोलन घोषणा गर्ने तयारीमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई एक दिन पर्खने भएको छ ।

राजपाको बैठक बसेकै समयमा प्रधामन्त्री पुष्पकमल दाहालले फोन गरेर मागहरु पूरा गर्न सहमति जुटाउन समय मागेपछि एक दिन समय दिने निर्णय भएको नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री दाहालले राजपाका नेताहरुलाई फोन गरेर सहमति जुटाउन थप एक दिन समय माग गरेपछि राजपाको बैठकले आन्दोलनको घोषणा गर्ने कार्यसूची  स्थगित गरेको छ ।

विहान बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निष्कर्ष सुनाउँदै त्यस विषयमा राजपाको धारणा माग गरेका थिए ।

प्रधामन्त्री निवास बालुवाटरमा बसेको क्षणिक बैठकमा प्रधानमन्त्रीले दोस्रो चरणको निर्वाचत अघि संविधान संशोधन गर्न कठिन रहेको र स्थानीय तहको संख्या थप्ने विषयमा पनि एमालेले सहयोग नगर्ने कुरा सुनाए ।

यद्यपि, सोमबारको बैठकमा भने प्रधानमन्त्रीले एमालेले त्यसमा पनि प्रमुख प्रतिपक्षी दलले असहयोग गर्ने बताएको कुरा सुनाउँदै त्यसमा राजपाका नेताहरुको धारणा माग गरेका हुन् ।
आफ्ना माग पूरा नहुने देखेपछि राजपाका नेताहरुले आन्दोलनका कार्यक्रमको घोषणा गर्ने तयारीसहित विजुलीवजारमा बैठक बसेको थियो । तर, प्रधानमन्त्रीले बैठक चलिरहेको बेला फोन गर्दै मोर्चालाई आन्दोलनको कार्यक्रमण घोषणा नगर्न र आफूलाई सहमतिका लागि एक दिनको समय थप दिन आग्रह गरे ।

प्रधानमन्त्री दाहालले समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग बसेर सहमतिको प्रयास गर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ