arrow

स्थानीय तहको सङ्ख्या बढ्न सक्दैन : ओली

logo
प्रकाशित २०७४ जेठ ८ सोमबार
KP-oli-naya-news.jpeg

भक्तपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा आएर सरकारले स्थानीय तहको सङ्ख्या थप्न खोजे पनि सफल नहुने बताएका छन् ।

सूर्यविनायक नगरपालिकाको लागि एमालेबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख वडा अध्यक्षहरु एवम् सदस्यका लागि कटुञ्जेमा आयोजित बधाइ एवम् शुभकामना कार्यक्रममा उनले स्थानीय तहको सङ्ख्या अब थप हुन नसक्ने बताए ।

अध्यक्ष ओलीले धेरै दलले निर्वाचनका लागि उम्मेदवार तोक्ने काम भइसकेको अवस्थामा तराईमा निर्वाचन हुन नदिने षड्यन्त्रका रुपमा स्थानीय तह थपेर विवाद निकाल्न खोजेको आरोप लगाउँदै देश जोगाउने र बनाउने कुरामा एमालेले कसैसँग कुनै सम्झौता नगर्ने धारणा राखे ।

स्थानीय तहको निर्वाचनमा सरकारले अख्तियारको दुरुपयोग गरी अवैधानिक तवरले धाधली गर्ने, मतदातालाई प्रलोभनमा पार्ने उद्देश्यले अर्बौको रकम बाडेको आरोप लगाउँदै ओलीले अहिले भएको स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानमा एमालेले जित्ने निश्चित भएपछि नेपाली काँग्रेस र माओवादी केन्द्रले मतगणनामा विवाद गरिरहेका छन्, भने ।

कार्यक्रममा एमाले पोलिव्यूरो सदस्य सानु श्रेष्ठ, एमाले केन्द्रीय सदस्य सोम मिश्र, एमालेका युवा नेता महेश बस्नेत, जिल्ला अध्यक्ष राजेन्द्र राजथला, नवनिर्वाचित मेयर बासुदेव थापा, उपमेयर जुना बस्नेतलगायतले एमालेले गाउँ नगरको विकास गरी काम गरेर जनतालाई देखाउने प्रतिवद्धता जनाए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ