arrow

कञ्चनपुर पुगेर बाबुरामको गुनासो–षड्यन्त्रमूलक ढङ्गले चुनाव चिह्न दिएन्

logo
प्रकाशित २०७४ जेठ ८ सोमबार
baburam_bhattarai.jpg

भीमदत्तनगर । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो पार्टीलाई षड्यन्त्रमूलक ढङ्गले चुनाव चिह्न नदिएको बताएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनाव चिन्ह नदिएर नयाँ शक्तिलाई सिध्याउन एम्बुस थापिएको बताए ।

संयोजक  भट्टराईले स्थानीय तहको निर्वाचनको मुखमा सत्ताधारी दलहरु आफ्नो पार्टीविरुद्ध लागेको आरोप लगाउँदै छोटो अवधीमा चुनावको तयारी गर्न नसकिएको धारणा राखे ।

चुनाव चिह्न नपाएकै कारण अन्य दलसित तालमेल गरेर निर्वाचनमा होमिनुपरेको उल्लेख गर्दै उनले भने, ‘हामीले निर्वाचन जितेको नगर र गाउँपालिकामा योजनाबद्ध विकासका लहर ल्याउनेछौं ।’

संयोजक भट्टराईले स्थानीय तहको निर्वाचन राजनीतिको नयाँ प्रस्थान बिन्दु भएको बताउँदै देशलाई समृद्ध बनाउनका लागि नयाँ शक्ति पार्टी स्थापना भएको जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ