arrow

प्रधानमन्त्री दाहालको राजीनामा अन्योलमै

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
prachanda-aaaa.JPG.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रम पेस गर्नुअघि नै राजीनामा दिने या नदिने भन्ने बारेमा निर्णय लिन सकेका छैनन् । यसअघि उनले सोमबारै राजीनामा दिने बताएका थिए । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत नगरी राजीनामा दिन नमिल्ने तर्क आएपछि के गर्ने भन्नेमा छलफल जारी रहेको स्रोतले बतायो । कांग्रेस नेताहरूले भने मंगलबार प्रधानमन्त्रीको राजीनामा आउने दाबी गरे । ‘अहिलेसम्म मंगलबार नै संसद्लाई सम्बोधन गरेपछि राजीनामा दिने कुरा भएको छ,’ कांग्रेस केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने । 

माओवादी केन्द्रको बैठकले कांग्रेससँग भएको समझदारी पालना गर्नुपर्ने निर्णय सोमबार लिएको थियो । माओवादी प्रवक्ता पम्फा भुसालले कांग्रेस सभापति शेरबहादुर देउवासँगको समझदारीमा राजीनामाको मिति तय हुने बताइन् । ‘दुई नेताको आपसी सल्लाहमा राजीनामा आउँछ । भोलि नै आउँछ या नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि आउँछ, उहाँहरूकै सहमतिमा हुन्छ,’ भुसालले भनिन् । प्रधानमन्त्री दाहालले आफ्नो राजीनामाबारे मंगलबार बिहानको मन्त्रिपरिषद् बैठकमा जानकारी दिने संकेत गरेका थिए । (कान्तिपुर)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ