arrow

एमालेका  विद्यासुन्दरलाई ९६०१ को अग्रता

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
bidhya-sundar-shakya-CPN-UML-ktm.jpg

काठमाडौं। काठमाडौं महानगरपालिकाको आज बिहान सम्म एक लाख १२ हजार ५४४ मतगणना हुँदा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ।

मतगणना अनुसार महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका विद्यासुन्दर शाक्यको ३७ हजार १५८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महानगर प्रमुख पदका उम्मेदवार राजुराज जोशीले २७ हजार ५५७ मत प्राप्त गरे।

त्यसैगरी, विवेकशील पार्टीको तर्फबाट महानगर प्रमुख पदका उम्मेदवार रञ्जु दर्शनाले १३ हजार ७३ मत प्राप्त गरेकिछिन्। साझा पार्टीका किशोर थापाले १० हजार ३२७ मत प्राप्त गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सर्वोत्तम डङ्गोलले चार हजार ५६ मत प्राप्त गरे।

त्यस्तै, उपप्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले ३५ हजार ४०५ मत प्राप्त गरेकिछिन्। राप्रपाका उपप्रमुख पदका उम्मेदवार राजाराम श्रेष्ठले १९ हजार ६४३ प्राप्त गरेकिछिन्।

माओवादी केन्द्रका उपप्रमुख पदमा सुशीला पौडेलले पाँच हजार ३९१ र साझा पार्टीका निरुपमा यादवले छ हजार ९७८ मत प्राप्त गरेकिछिन्।

गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा एक लाख ७२ हजार ६८३ मत खसेको थियो। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ