arrow

विराटनगर महानगरमा निर्वाचन सम्वन्धि तालिम

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ जेठ ९ मंगलबार
biratnagar-mahanagarpalika-metro.png

विराटनगर। जेठ ३१ गते हुन लागेको दोश्रो चरणको स्थानियतहको निर्वाचनलाई लक्षितगर्दे निर्वाचन तथा व्यवस्थापन सम्वन्धि तालिम विराटनगरमा आज शुरु भएको छ। निर्वाचन आयोगले आयोजना गरेको  एक दिने तालीममा प्रदेश नम्वर –१ र २ का १६ वटा जिल्लाका ६२ जना जिल्ला निर्वाचन अधिकृत तथा जिल्ला निर्वाचन अधिकारीहरुको सहभागिता रहेको छ।

निर्वाचनलाई व्यवस्थित एंव प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको हो। तालिमको मोरङ जिल्लाका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले उद्घाटन गरे।  कार्यक्रममा वोल्दै मुख्य निर्वाचन अधिकृत पोखरेलले दोश्रो चरणको  स्थानिय तहको निर्वाचनमा सवैको सहभागिताका साथ  सफल बनाउन सवै  लाग्नुपर्ने बताए। 

क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले  मोरंङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय संचालनका साथै मतदाता शिक्षा कार्यक्रम संचालन गरेको छ। मुलकमा सवैभन्दा वढी मतदाता रहेको मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउपालिकामा तिनसय मतदान स्थल र ६ सय ६९ मतदान केन्द्र तोकिएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ