arrow

दोस्रो चरणको निर्वाचन सरकारका लागि चुनौतीः राणा

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
pashupati-jabara.jpeg

भक्तपुर। राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ट नेता पशुपति शम्सेर राणाले स्थानीय तहको निर्वाचनसँगै सरकारले दोस्रो चरणको निर्वाचनका लागी बिभिन्न चुनौतीको सामना गर्नु पर्ने बताएका छन्।

आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता राणाले संविधान संसोधनका लागि आवश्यक दुई तिहाई मतको आवश्यकताका साथै मधेशको समस्या समाधान नभए निर्वाचन असम्भव रहेकाले सरकारले बिभिन्न खालकाका चुनौतीको सामना गर्नु पर्ने बताए।

उनले पहिलो चरणको निर्वाचनमा राप्रपाको चुनाव चिन्ह हलोलाई छोडेर गाईमा जानु, चुनाव परिचालन तवर तरिका नमिल्नु र  राप्रपालाई अन्र्तघात  हुनु नै निर्वाचनमा राप्रपाले लज्जास्पद पराजय भोग्नु परेको बताए। आफूले राप्रपा छाडेर अर्को पार्टी खोल्न लागेको बिषय सामाजिक सञ्जालको हल्ला मात्र भएको उनले बताए।

उनले सरकारले ल्याउन लागेको बजेटको स्वागत गर्दै देशको समृद्धिका लागि पनि बजेट आउनुपर्नेमा जोड दिए। सरकारले नयाँ खालको कुनै आर्थिक प्याकेज नल्याउने र देशको नियमिति हरेक गतिबिधिका लागि बजेट आवश्यक रहेकाले बजेट ल्याउनु पर्ने उनले स्पष्ट पारे।  

बरिष्ठ नेता राणाले केही दिनमै गठन हुने नयाँ सरकारमा राप्रपा नेपालले आफनो सहभागिता जनाउँने भन्दै तराई मधेशमा हुन लागेको दोस्रो चरणको निर्वाचनमा पनि राप्रपाले सरकारलाई सहयोग गर्ने र आफु पनि निर्वाचनमा सहभागि हुने जानकारी दिए। 

नेता राणाले आगामी निर्वाचनका लागि पार्टीले उचित निर्णयका साथ चुनावी रणनीति अपनाउँनुपर्ने बताउँदै उनले देशमा तत्कालै संसदीय निर्वाचन पनि आबश्यक रहेको धारणा राखे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ