arrow

कास्कीमा निर्वाचन परिणाम आउँदै गर्दाको चर्चा, अन्तै भोट हालेछ अन्तरघातीले

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
congress-flag.jpg

कास्की। स्थानिय तहको चुनावको मतपरिणाम आउँदै गर्दा नेपाली काँग्रेसको स्थानिय तहमा चुनाव हार्नुको कारणबारे टिप्पणी र चर्चा हुन थालेका छन्। खासगरि काठमाडौं, पोखरा र चितवनको विषयमा चर्चा हुन शुरु भएको छ। पार्टीको केन्द्रिय तहबाटै निर्णय भएको पोखराको मेयर उपमेयरको चर्चा अहिले चुनावमा अनपेक्षित मत परिणाम आउन थालेपछि झन हुन थालेको छ। 

काठमाडौंबाटै पोखराको मेयरका लागि टुङगो लागेपछि काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवर र पत्रकार नेतृ सरस्वती गुरुङ मैदानमा उत्रिएका थिए। यस बिचमा अन्य आकाँक्षीहरुको पनि चर्चा भएपनि उनीहरुले टिकट नपाउँदा मैदानमा पार्टीलाई सहयोग गर्न आउने अपेक्षा थियो। तर स्थित  त्यस्तो नभएको एक स्थानिय काँग्रेस कार्यकर्ता बताउँछन्। 

काँग्रेसको स्थित कमजोर हुँदै जाँदा लोकसंगित र दोहोरीका लागि चर्चित पोखराका स्थानियहरुले लोकगीतको टुक्राहरुलाई सामाजिक सञ्जालमा हाल्न थालेका थिए। 

देख्दा भेट्दा लरक्कै पार्नी
सौता संग मिलेर पोइ मार्नी
खुरापातीले.....
अन्तै भोट हालेछ,
अन्तरघातीले

प्रश्न पालिखे र बजिरमानप्रति पनि :
पोखराका पर्यटन व्यवसायी नरेशशंकर पालिखे महानगरपालिकाका मेयरका लागि आकाँक्षी थिए। तर उनले टिकट पाएनन्। गुरुङ र क्षेत्री बाहुनको वाहुल्य रहेको पोखरामा पार्टीले थुप्रै समिकरण मिलाउँदै रामजी कुँवर र सरस्वती गुरुङलाई टिकट दियो। 

स्थानीय पार्टी सभापति बजिरमान श्रेष्ठको आकस्मिक राजीनामाले पनि प्रश्न उठाएकव छ। महानगर काँग्रेसका सभापतिको जति सक्रियता चुनावमा हुनुपर्ने थियो त्यति चुनावको वेलामा नहुनु अनि मतपरिणाम आइनसक्दै राजीनामा दिनुले उनीत पानी माथिको ओभानो बन्लान तर जवाफदेहिता चाहि कस्ले लिने पोखराका काँग्रेसीहरुमा यो प्रश्नले घर गरिरहेको छ। 

चुनावमा होमिएका उमेद्वारहरुले पार्टीका अन्य आकाँक्षीबाट पूर्ण रुपमा सहयोग पाउन नसकेको स्वयं पालिखे मात्र होइन अन्य नेवार समुदाय वाहुल्य रहेको ठाउँबाट अनपेक्षीत रुपमा काँग्रेस उमेद्वारलाई कम मत खसेकोबाट पनि देख्न सकिने मतगणनामा रहेका एक काँग्रेस कार्यकर्ता बताउँछन्। 

नेताकै ठाउँमा काँग्रेस पछि :
सांसद शारदा पौडेल निर्वाचित भएको र आफ्नै वासस्थान रहेको महानगपालिकाको वडा नम्बर १, कांग्रेस नेताहरु सोभियत बहादुर अधिकारी, देवराज चालिसे र वीरेन्द्र नारायण बिजुक्छेहरुको वडा नम्बर ८ मा समेत काँग्रेसले जित हासिल नगर्दा पनि थप प्रश्नहरु उठेका छन्। 

देउवा चितवन जाँदा प्रचण्ड आएनन् पोखरा :
तालमेलका नाममा काँग्रेसले चितवन छोड्यो माओवादीले पोखरा। तालमेलका उमेद्वारका पक्षमा मत माग्न देउवा चितवन गए तर प्रचण्ड पोखरा आएनन। यसको प्रभाव मतगणनामा देखियो। हुन त स्थानिय स्तरमा तालमेलप्रति कुनै दल पनि जिम्मेवार थिएनन्। 

कुँवरले आफ्नै ठाउँमा पनि पाए कम मत :
मेयरका उमेद्वार कुँवरले आफ्नै वडा नम्बर ६ मा केही बढी मत त ल्याए पनि त्यो आशातित रुपमा वढी थिएन। उम्मेदवारको क्षेत्रको हिसाबले लिनुपर्ने अग्रता लिएन। जहाँ कांग्रेसले आफ्नो पकड भनेको थियो त्यही उसले हार बेहोर्यो। परिणाम ठीक उल्टो आएपछि कांग्रेसका नेता कार्यकर्तामा यतिखेर निराशा छाएको छ।  

काँग्रेसकै प्रभाव क्षेत्रमा पनि एमाले :
काँग्रेसको प्रभाव क्षेत्र र यस अगाडिका निर्वाचनहरुमा समेत एमालेले पराजय भोग्दै आएका वडा नम्बर २,३,४ लगायतमा यसपटक एमालेले राम्रो मत ल्याएर अगाडी रह्यो। जुन वडामा अध्यक्ष र सदस्यमा काँग्रेसले जित्यो त्यहाँ पनि मतान्तर कम छ। काँग्रेसले आफ्नो राम्रो प्रभाव भएको वडा भनी आँकलन गरेका २, ३, ४, ८, ९, १०, ११, १२, १३, १५, २२, २३, २७, ३० र ३२ गरेर १५ वटा वडा सजिलै जित्ने हिसाब निकालेको थियो। त्यहाँ काँग्रेसको प्रदर्शन राम्रो हुन सकेन।  

त्यस्तै मेहनत गर्दा वडा नम्बर १४, २६, २८ र ३३ मा जित्न सकिने आँकलन गरेपनि वडा नम्बर १, ५, ७, २९ र ३१ कठिन तथा ६, १६, १८, १९, २०, २१, २४ र २५ जित्न नसकिने निष्कर्ष थियो। 

सजिलै जितिने निष्कर्ष निकालिएका ८,९,१३,१४ र १५ मा एमाले विजयी भएपछि काँग्रेसका बीचमा अन्तै भोट हालेछ अन्तरघातीले भन्ने गीत नै चर्चाको बिषय हुने गरेको छ। 
 
नेवार समुदायको मत निर्णायक ? 
पोखरामा व्यापारिक समुदायको रुपमा परिचित नेवार समुदायका तर्फबाट पालिखे आकाँक्षी थिए। चन्द्रावती पौडेल उपमेयरका रुपमा अगाडी सारिएकी थिएन। तर एकपट उपमेयर भइ अर्को पटक मेयरमा पराजित भएका पालिखेले यो पटक मेयरमा टिकट नपाएपछि कुँवरले टिकट पाउँदा पौडेलले पनि उमेयरमा टिकट पाइनन। गुरुङ समुदायकी सरस्वती उपमेयरमा सारिइन। कतिपयले यहि टिकट वितरणका कारण सो खेमा पूरै बिच्किदा प्रभाव मतदानमा परेको अनुमान गरिरहेका छन्। परिणामले त्यसलाई बल पनि दिइरहेको छ।    

होस गुमाएको काँग्रेस :
स्थानिय तह निर्धारण हुँदा खासै ध्यान नपुर्याएको काँग्रेसले महानगरमा एमालेको वाहुल क्षेत्रलाई थप्दा आँखा चिम्लेर बस्यो। त्यसमा ध्यान नदिदा काँग्रेस समग्रमा कमजोर देखिएको छ। तर समग्रको कमजोरी भन्दा पनि अहिले बफै भित्रको कमजोरी  घात अन्तरघात खोज्न पोखराका काँग्रेसीहरु बढी लागिपरेका छन्। मुख्य शहरबाट मतगणना साविकको गाउँतहमा जाँदा परीणाम काँग्रेसको पक्षमा नआउने कुरामा स्वयं काँग्रेसहरु नै पुगिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ