arrow

प्रधानमन्त्री कप क्रिकेट:  सागर पुनको अलराउण्ड प्रदर्शनले सेना बिजयी

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
Cricket_PM_Army_Sagar.jpg

काठमाडौं। सागर पुनको अलराउण्ड प्रदर्शनले त्रिभुवन आर्मी क्लबले पुर्वाञ्चल बिकास क्षेत्रलाई ९ विकेटले पराजित गरेको छ। 

कसिलो बलिङ गर्ने कर्ममा सागरले ९ ओभरा १६ रन खर्चिंदै ५ विकेट लिएका थिए भने ब्याटीङ गर्ने क्रममा उनले आउट नभई ४० रन बनाएाक थिए। उनले अनिल मण्डलसँग दोस्रो विकेटकालागि १०६ रनको साझदारी गरेका थिए। 

 प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा टस हारेर ब्याटीङ गरेको  पुर्वाञ्चललाई आर्मीको कसिलो बलिङले बाँधेर राखेको थियो। निर्धारित ५० ओभरको खेलमा पुर्वाञ्चलले ३२.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सकेको थियो। 

पुर्वाञ्चलकालागि महबुब आलमले सार्वाधिक ३६ रन बनाएका थिए। उनले ३ छख्का र २ चौका प्रहार गरेका थिए। त्यसैगरि बिधान गोश्वामीले १९ तथा अंकित सुवेदीले १२ रनको योगदान दिएका थिए। 

आर्मीका सागर पुनले ५ विकेट लिएका थिए भने सुशन भारीले ३ विकेट हात पारेका थिए। कसिलो बलिङ गर्ने क्रममा सोमपाल कामीले ९ ओभरमा २ मेडेन सहित १६ रन खृ्चिंदै २ विकेट लिएका थिए। 

जवाफमा ब्याटीङ गर्न ओर्लेको आर्मीले १०४ रनको लक्ष्य १८.४ ओभरमा १ विकेट गुामउँदै १०७ रन बानउँदै पुरा गरेको थियो। आर्मीका अनिल मण्डलले सार्वाधिक ५६ रन बानएका थिए । उनले ६३ बलमा ८ चौकाको मदतले उक्त रन बनाएका थिए। 

पुर्वाञ्चलका महबुब आलमले १ विकेट लिएका थिए। खेलको प्लेयर अफ द म्याच सागर पुन घोषित भएका थिए। 

भोलिको खेल नेपाल पुलिस क्लब र सुदुर पश्चिम बिकास क्षेत्रका बिच हुनेछ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ