arrow

गोविन्द केसी शनिबारबाट ११औं पटक अनसन बस्ने, सरकारलाई अल्टिमेटम

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
G-kc-naya-photo.jpg.jpeg

काठमाडौं । गुणस्तरीय चिकित्सा शिक्षा र चिकित्सा शिक्षामा गरिब, जेहेन्दार विद्यार्थी लगायतको समान पहुँच स्थापित गर्न भन्दै पटक–पटक सत्याग्रह छेडेका प्राध्यापक डा. गोविन्द केसीले शनिबारबाट ११औं चरणको अनसन थाल्ने घोषणा गरेका छन् ।

मंगलबार एक वक्तव्य जारी गर्दै डा. केसीले ११औं सत्याग्रह छेड्ने घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘गुणस्तरीय स्वास्थ्य सेवामा सबै नेपालीको समान पहुँच स्थापित गर्न र मेडिकल शिक्षामा विद्यमान विकृति, विसंगति अन्त्य गर्न हामी लामो समयदेखि लडिरहेको सबैलाई अवगत नै छ ।’

उनले अगाडि भनेका छन्, ‘न्यायलयसँग जोडिएको सरकारमा सहभागि दलहरुको गैर संवैधानिक कदमप्रति पनि गम्भीर आपत्ति जनाउँदै र संसदीय समितिमा अड्काएर राखिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक हामीसँग विगतमा गरिएको सम्झौताको भावना बमोजिम र हामीले दिएका सुझावहरु समेत समेटेर संसदबाट तुरुन्त पारित गरियोस् भन्ने माग गर्दै हामीले यही जेठ १० गतेदेखी ११औं सत्याग्रहको घोषणा गरेकोबारे पनि सबैलाइ अवगत नै छ ।

सम्झौतामा हस्ताक्षर हुने तर कार्यान्वयनको समयमा सम्झौताको भावनाको ठिक विपरित हुनेगरी सरकारले काम गर्दै आएको छ । पुराना सम्झौताहरु कार्यान्वयन गर्नकै लागि पुनः अर्को सत्याग्रह गर्नुपर्ने अवस्था आइपुग्नु ठूलो विडम्बनाको विषय हो ।’

यस्तै, डा. केसीले केदारभक्त माथेमाको संयोजकत्वमा गठित आयोगको सुझावहरु कै भावना अनुरुप हुने गरि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट तुरुन्तै गरिनु पर्ने,  पुराना सम्झौताहरु अक्षरशः पालना गरिनु पर्ने र गैर संवैधानिक ढंगले सरकारमा सहभागि राजनैतिक दलहरूले प्रधानन्यायाधीशमाथि लगाएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता गरिनु पर्ने माग राखेका छन् । केसीले आफुहरुले माग कार्यान्वयनका लागि थप समय दिएको पनि उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ