arrow

राष्ट्रिय महिला फुटवल प्रतियोगिता स्याङ्जामा हुने

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ जेठ ९ मंगलबार
mahila-football.png

स्याङ्जा । अखिल नेपाल फुटवल  संघ केन्द्रिय कार्यालयको निर्णय अनुसार राष्ट्रिय स्तर महिला फुटवल च्याम्पियनसिप प्रतियोगिता स्याङ्जामा हुने भएको छ । जेष्ठ १६ देखि २७ गते सम्म आयोजना हुने राष्ट्रिय महिला फुटवलको तयारी तिब्र गतिमा सम्पन्न भएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । स्याङ्जाको वालिङमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय फुटवल प्रतियोगितामा २८ जिल्लाका महिला फुटवल खेलाडीहरुको सहभागिता रहने छ ।

४० जिल्ला एन्फामा आवद्धता रहेपनि २८ जिल्लामा मात्रै महिला फुटवल खेलाडी भएकाले बताइएको छ । केन्द्रिय निर्णय अनुसार एन्फा स्याङ्जाको आयोजनामा फुटवल प्रतियोगिता हुन लागेको छ । फुटवल प्रतियोगितामा करिव २० लाख खर्च हुने अनुमान गरिएको छ । प्रथम र दृतिय पुरस्कार क्रमस ३ लाख र १ लाख ५० हजार तोकिएको छ । पुरस्कार, आवास र यातायात खर्च केन्द्रिय समितिले व्यहोर्ने र व्यवस्थापन खर्च स्थानीय एन्फाले व्यहोर्ने एन्फा स्याङ्जाका अध्यक्ष एलवि ज्वारचनले बताए । 

स्याङ्जा र फाल्पामा हुने राष्ट्रिय फुटवल प्रतियोगिताको फाइनल भने पाल्पामा हुने आयोजकले जनाएको छ । राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना गर्न स्याङ्जाले पाएकोमा गर्व भएको महशुष गरिएको छ । खेलकुदको माध्यमबाट जिल्लालाई चिनाउन यो प्रतियोगिताले टेवा पुग्ने आयोजकले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ