arrow

सूचनाद्वारा बैठक स्थगित, प्रधानमन्त्रीले सम्बोधन गर्न पाएनन् 

logo
प्रकाशित २०७४ जेठ १० बुधबार
prachanda-cm.jpg

काठमाडौं । प्रमुख दलबीच सहमति र विश्वास जुट्न नसक्दा संसदलाई सम्बोधन गरी राजीनामा घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रयास अवरुद्ध भएको छ ।
चुनावी प्रक्रिया सुरु भएपछि स्थानीय तहको संख्या थप्ने सरकारी निर्णयविरुद्ध प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्ने चेतावनी दिएपछि मंगलबार संसद बैठक बस्न सकेन ।

दलहरुबीच सहमति प्रयास चलिरहँदा सभामुख ओनसरी घर्तीले मंगलबार बिहान ११ बजेका लागि संसद डाकेको संसद बैठक ३ बजे, ५ बजे र ७ बजेका लागि सारेकी थिइन् ।

प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी अपरान्हको बैठकमा पनि राजनीतिक गतिरोधको गाँठो नफुकेपछि सभामुख घर्तीले सूचना प्रकाशित गरी बुधबार बिहानसम्मका लागि संसद स्थगित गरेकी हुन् । (कान्तिपुर)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ