arrow

महिलाहरु मानसिक रोगको शिकार बन्दै

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
manasik-rog.jpg.jpeg
यादव आचार्य, बर्दिया। महिलाहरु मानसिक रोगीको शिकार वन्दै गैरहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । जीवनका सामान्य तनाव सहन गर्न नसकी मानसिक रुपमा अस्वस्थ हुने क्रम बढेसँगै महिला मानसिक रोगीको संख्या वढ्दै गएको हो । बर्दियामा हालसम्म ८३ जना महिला र २५ जना पुरुष गरी १ सय ८ जना विभिन्न मानसिक रोगी रहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख बृष बहादुर शाहीले वताए । उनले मानसिक रोगीको तथ्यांक मुल्यांकन गर्दा पुरुषको तुलनामा महिलाको संख्या धेरै रहेको वताए । 
 
विषेश गरी दिक्दारीपन, चिन्ता सम्वन्धि रोग, मानसिक असन्तुलन, छारेरोग, मद्यपानको समस्या, निन्द्रासम्वन्धी समस्या, विकृत तनाव, यौनजन्य मानसिक समस्या, टाउकोमा चोटपटक लाग्नु, वंशानुगत लगायतका कारणले मानसिक समस्या देखिने शाहीले वताए । विश्वमा ४५ करोड मानिस मानसिक रोगको समस्यामा रहेको वताउँदै १३ प्रतिशत मानसिक रोगी रहेकोमा सन् ०१५ सम्ममा १५ प्रतिशत पुग्ने अनुमान गरिएको उनले वताए ।
 
बर्दियामा सीएमसी नेपालले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र स्थापना गरी मानसिक रोगका सम्वन्धमा विभिन्न काम गर्दै आएको सीएमसीका संयोजक राजेश कुमार झाले वताएका छन् । उनले ९० प्रतिशत आत्महत्याको कारण मानसिक रोगको कारण भएको प्रष्ट पारे । केन्द्रले मानसिक तथा मनोपरामर्श तालिम, मानसिक स्वास्थ्य सम्वन्धी जनचेतना तथा पैरवी, औषधी सहयोग लगायतका कार्यहरु गरिरहेको वताए ।
 
जिल्लामा मानसिक स्वास्थ्यमा तालिम लिएका स्वास्थ्यकर्मीको सरुवा हुनु, औषधीको नियमित आपूर्ति तथा व्यवस्थापन नहुनु, जनचेतनाको कमी, रोगीलाई पुर्नस्थापन गर्न नसक्नु लगायतको चुनौती रहेको झाले वताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ